धागो र चिनी कारखानाका लागी केहि दिनमै टेन्डर आह्वान हुने

धागो र चिनी कारखानाका लागी केहि दिनमै टेन्डर आह्वान हुने

  • आइतवार, कार्तिक २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

पोखरा, कार्तिक २८ ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले सरकारले साना घरेलु उद्योगको संरक्षण र ठूला उद्योगको विस्तार योजना अघि बढाएको बताउनु भएको छ ।

पोखरामा आज पत्रकार सम्मेलन गरी उद्योगमन्त्री जोशीले सोहि योजना अनुरुप हाल बन्द रहेका हेटौडा कपडा कारखाना तथा नेपाल औषधि लिमिटेडलाई छिट्टै सञ्चालन गर्न गृहकार्य भईरहेको बताउनु भयो ।

यस्तै मुलुकका ठुला उद्योग बाँसबारी छाला उद्योग, भृकुटी कागज कारखाना पनि छिट्टै सन्चालनमा ल्याउने उहाले जानकारी गराउनु भयो ।

लिमिटेडले पहिलो चरणमा जीवनजल, सिटामोल र एल्वेण्डाजोल उत्पादन गर्ने र कारखानाले पहिलो चरणमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी र स्कुलका विद्यार्थीको पोशाक उत्पादन गर्ने गरी सञ्चालनको तयारी भएको उहाले बताउनु भयो ।

मन्त्री जोशीले बुटवल धागो कारखाना र वीरगञ्ज चिनी कारखाना सरकारले सञ्चालन ल्याउन नसकेकाले निजी क्षेत्रलाई दिने तयारीमा र।हेको पनि जानकारी दिनुभयो ।

त्यसका लागी केही दिनमै टेण्डर आह्वान हुन लागेको उहाले बताउनु भयो ।

बन्द भएका उद्योग पुनस्सञ्चालन गर्न र लगानीमैत्री बनाउन ऐन र नियमावली संशोधन गरेर सहज बनाउने तयारी भएको उद्योगमन्त्री जोशीको दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी