भोलिदेखि राजधानीका १२ स्थानमा दैनिक १३ घण्टा लोडसेडिङ हुने

भोलिदेखि राजधानीका १२ स्थानमा दैनिक १३ घण्टा लोडसेडिङ हुने

  • शनिबार, कार्तिक २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ ,२७ कार्तिक ।

नेपाल विद्युत प्राधिकरणले भोलीदेखि राजधानीका प्रमुख १२ क्षेत्रमा दुई दिन दैनिक १३ घण्टा बत्ती काट्ने भएको छ ।

प्राधिकरणको नया बानेश्वर क्षेत्रको शवस्टेशनको सर्किट ब्रेकर बदल्न दुई दिनमा २६ घण्टा बत्ती काट्न लागेको प्राधिकरण प्रशासन महाशाखा मिनभवनका प्रमुख यादवराज घलेले बताउनु भयो ।

उहाका अनुसार (भोली) आइतबार र सोमबार बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म दैनिक १३ घण्टा गरेर दुई दिनमा २६ घण्टा विद्युत काट्न काटिने छ ।

पुरानो सर्किट ब्रेकर बदलेर नयाँ राख्नका निम्ति आइतबार र सोमबारको समय तोकिएको घलेले बताउनु भयो । घलेका अनुसार सुरक्षाका विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले लामो समय बत्ति जाने छ ।

‘विद्युतीय उपकरण बदल्ने प्रक्रियामा खतरा पनि हुन सक्ने भएकाले लामो समय बत्ती जाने र तोकिएको समयभन्दा छिटो काम सकिए लगत्तै बत्ति छाडिने जनाईएको छ ।

बत्ति जाने क्षेत्र
बानेश्वर शवस्टेशनबाट विद्युत वितरण हुने क्षेत्रमा बिजुली काटिने छ ।
जसअनुसार शंखमुल, व्यवस्थापिका संसद भवन, धोबिखोला, बागमती, कोटेश्वर, एयरपोर्ट, न्यू एयरपोर्ट, बानेश्वर, लुभू, इमाडोल फिडर १, २, र गोठाटारमा बत्ती जाने छ ।

सर्किट ब्रेकर परिवर्तनका लागि तोकिएको समयमा बत्ती गए पनि रातको समयमा बत्ती नजाने महाशाखाले जनाएको छ ।

बानेश्वर शवस्टेनबाट वितरण भएका फिडरमा रातको समयमा भने बत्ती काटिने र सर्किट ब्रेकर बदल्ने समयमा व्यवस्थापिका संसद् भवनमा समेत दैनिक १३ घण्टा बत्ती नहुने महाशाखाले प्रष्ट पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी