२७ कात्तिक २०७३ काठमाडौं ।
सँधैभरी अरुको फोटो खिचेर समाचारमार्फत् प्रकाशन र प्रशारण गर्न लागि पर्ने फोटो पत्रकारहरु यसपटक आफैं बाग्मती सरसफाइमा जुटेका छन् । हरेक शनिबार आयोजना हुने बाग्मती सरसफाई कार्यक्रम अन्र्तगत १८३ औं हप्तामा चलिरहेको सरसफाईमा सहभागी हुन राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को आह्वानमा विभिन्न सञ्चारमाध्यम तथा स्वतन्त्र रुपमा फोटो पत्रकारिता गर्ने करिब २ दर्जन फोटो पत्रकार बाग्मती सरसफाईमा पुगेका थिए ।
उनीहरुले राजधानीको पशुपतिको उत्तरपट्टि रहेको गुहेश्वरी मन्दिर अगाडि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत अन्य समाजिक संघ संस्थासँगै सरसफाई गरेका थिए । एनएफपीजेको बाग्मती सरसफाई कार्यक्रम अध्यक्ष ध्रुब आलेको नेतृत्वमा सम्पन्न भएको थियो । सँधै अरुको फोटो खिच्ने फोटो पत्रकारहरु यसपटक क्यामेराको झोला बोकेर बाग्मती सरसफाईमा होमिएको देख्दा सरसफाईमा सहभागी अन्य संघ संस्थाका प्रतिनिधिहरु अचम्मित भएका थिए । पत्रकारहरुले पनि आफ्नो फुसर्दको समय समाज सेवामा लगाउन सक्छन् भन्ने सन्देश दिन बाग्मती सरसफाई महाअभियानमा सहभागी भएको एनएफपीजेका अध्यक्ष ध्रुब आलेले जानकारी दिए ।
त्यस क्रममा बग्मती सरसफाई अभियानका अभियान्ता एवं चीनका लागि नवनियुक्त राजदूत लिलामणी पौड्याल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टण्डन, सांसद रामेश्वर फुँयाललगायतले फोटो पत्रकारहरुले विगतमा फोटो मार्फत् सामाजिक सेवा गरेको भएपनि यसपटक आफैं सरसफाईमा आउँदा यसले समाजमा अत्यन्तै सकारात्मक सन्देश प्रवाह हुने बताएका थिए ।
त्यस क्रममा बाग्मती सरसफाई अभियानका मुख्य अभियान्ता पोखरेललाई यो शनिबारदेखि बाग्मती सरसफाई अभियानबाट विदाई समेत गरिएको छ । उहाँ चीनका लागि राजदूत नियुक्त हुनुभएपछि आजैदेखि उहाँलाई यो अभियानबाट विदाई गरिएको हो । त्यस अवसरमा विभिन्न संघ संस्थाले उहाँको यो सामाजिक अभियानको उच्च कदर गर्दै बाग्मती नदी तटमै सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा पौड्यालका बुबा, आमा तथा सानिआमालगायतको सहभागिता रहेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline


