लाओस विरुद्ध सतर्क भएर खेल्दै जीत निकाल्ने रणनीतिमा नेपाल

लाओस विरुद्ध सतर्क भएर खेल्दै जीत निकाल्ने रणनीतिमा नेपाल

  • शनिबार, कार्तिक २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ कार्तिक २७ । मलेशियामा जारी एएफसी सोलीडारीटी कपको पहिलो सेमिफाईनलमा नेपालले आज लाओस विरुद्ध खेल्दै छ । नेगरी रंगशालामा सवा २ बजे हुने खेलमा नेपालले मिडफिल्डमा केही परिवर्तन सहित उत्रन सक्ने संकेत प्रशिक्षकले दिएका छन् ।
लाओसका चार महत्वपूर्ण खेलाडी प्रतिवन्धमा रहेको , प्रतियोगीताको समुह चरणमा नेपालले कुनै गोल नखाएको र लाओसले चार गोल खाएकाले पनि नेपाली खेलाडीले मनोवल बढाएका छन् । मैदानमा कप्तानी गरीरहेका बिराज महर्जनले लाओसलाई कमजोर नआकिएको तर जीत्न सक्ने संभावना रहेको बताएका छन् ।
केही समय अघि खेलिएको मैत्रीपूर्ण खेलमा दुवै देशले एक एक गोलको बराबरी गरेका थिए । त्यस बेला नेपालका बिशाल राईले गोल गरेका थिए । यो प्रतियोगीतामा उनले मैदानमा खेल्न पाएका छैनन । समुह चरणमा नेपालले टिमोर विरुद्ध बराबरी खेलेको थियो भने ब्रुनाईलाई ३ गोलले पराजीत गरेको थियो ।
लाओस फिफा बरियतमा भने नेपाल भन्दा माथि १ सय ७७ औ स्थानमा रहेको छ ।  नेपालका जापानी प्रशिक्षक कोजीले आजको खेलमा पानी परेमा उत्तार चढाव हुन सक्ने तर सामान्य अवस्था रहेमा आफ्नो पक्षमा खेल जान सक्ने बताएका छन् ।
आफ्नो पहिलो औपचारीक प्रतियोगीता भएका कारण पनि कोजी उपाधी जीत्ने सपना बनाएर मैदानमा खटिरहेका छन् ।

आजै दोस्रो सेमिफाईनल खेलमा मकाउ र ब्रुनाईबीच बेलुकी सवा ५ बजे खेल  हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी