भारतीय मुद्रा व्यवस्थापन गर्न चेम्बरद्धारा सरकारलाई आग्रह

भारतीय मुद्रा व्यवस्थापन गर्न चेम्बरद्धारा सरकारलाई आग्रह

  • शुक्रबार, कार्तिक २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

नेपाल चेम्बर अफ कमर्सले भारत सरकारले पाँच सय र एक हजार दर भारु नोटको कारोबारमा रोक लगाउँदा सर्वसाधारण नेपालको अर्थतन्त्रमा समेत असर पर्ने भएकाले त्यसको समाधान गर्न सरकारलाई आग्रह गरेको छ ।

नेपाल–भारतबीचको खुला सिमाना, दुई देशबीचका नागरिकमा वैवाहिक सम्बन्ध,अनौपचारिक व्यापार,रोजगारी, निवृत्तिभरण, पर्यटन व्यवसाय, शिक्षा, औषधोपचार लगायत कारण बैंकिङ प्रणाली बाहिर पनि भारु पाँच सय र एक हजार दरका नोट रहेको बताउँदै चेम्बरले यस्ता मुद्रा समयमै सटही हुन नसके सर्वसाधारणलाई ठूलो असर पुग्न जाने औँल्याएको छ ।

चेम्बरले सो सम्बन्धमा आवश्यक गृहकार्य गरी सर्वसाधारणलाई आश्वस्त पार्नाका साथै मुलुकलाई आर्थिक नोक्सानीबाट बचाउन सरकार, नेपाल राष्ट्र बैंक लगायतसँग माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी