राष्ट्रबैंकद्धारा रिजर्भ बैंक अफ इन्डियालाई पत्रचार

राष्ट्रबैंकद्धारा रिजर्भ बैंक अफ इन्डियालाई पत्रचार

  • बिहिबार, कार्तिक २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, कात्तिक २५ ।

नेपाल राष्ट्र बैंकले नेपालका बैंक ,बित्तय संस्था तथा सर्वासाधारणसँग रहेका प्रतिबन्धीत भारतीय रकमको व्यवस्थापन र बैंकिङ प्रणालीमा रहेको रकमबारे रिजर्भ बैंक अफ इन्डियालाई पत्र पठाएको छ ।

भारतले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि सर्वसाधरणलाई समस्या भएपछि सो रकमको व्यावस्थापनका बारे आज पत्र पठाईएको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिनुभयो ।

मुलुकका बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट इजाजत प्राप्त सटही केन्द्रसँग एक हजार र ५०० दरका भारतीय नोट तीन करोड ३६ लाख ९० हजार रहेको बैंकले जनाएके छ ।

बैंक तथा वित्तीय संस्थासँग रहेको उक्त रकम नै अन्तिम भएको सहप्रवक्ता पण्डितले बताउनु भयो । मुलुकका बैंक तथा वित्तीय संस्थामा उक्त दरका नोटका ठूलो रकम नभएको तर सर्वसाधारणसँग ठूलो रकम भएको अनुमान गरिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै जाली नोटलाई निरुत्साहित गर्न भारु ५०० र एक हजारका नोट पूर्णप्रतिबन्ध लगाउने घोषणा गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी