तत्कालका लागि पाँच सय र एक हजारका भारतीय नोट नसाट्न राष्ट्रबैंकको निर्देशन

तत्कालका लागि पाँच सय र एक हजारका भारतीय नोट नसाट्न राष्ट्रबैंकको निर्देशन

  • बुधबार, कार्तिक २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ ,२४ कार्तिक ।
नेपाल राष्ट्र बैंकले तत्कालका लागि पाँच सय र एक हजारका भारतीय नोट नसाट्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

आज बिहान बसेको राष्ट्रबैंक व्यवस्थापन समितिको आपतकालिन बैठकले पाँच सय र एक हजारका भारतीय नोट नसाट्न बैंक तथा वित्तिय संस्थालाई परिपत्र जारी गरेको राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिनुभयो ।

आज दिउँसो भारतीय रिजर्भ बैंकका उच्च अधिकारीहरुसँग छलफल गरेपछि मात्र कहिलेदेखि कहिलेसम्म नेपालमा रहेका चलनचल्तीका भारतीय नोट सटही सुविधा दिने भन्ने बारेमा निर्णय गर्ने पण्डितले बताउनु भयो ।

रिजर्भ बैंकले सहटी गरेको मुद्राको व्यवस्थापन गर्छु भनेर ग्यारेन्टी दिएपछि मात्रै भारु सटही सुविधा उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ ।

जाली नोटको कारोबार व्यवस्थापनका लागि भारत सरकारले गएराति देखि नै लागु हुने गरी एक हजार र पाँच सयको नोटमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । नेपालमा पनि ठूलो परिमाणमा भारुको प्रयोग हुने भएकाले उक्त निर्णयले प्रत्यक्ष प्रभाव परेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी