माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

  • मङ्लबार, कार्तिक २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ २३ कार्तिक ।
प्रधानमन्त्री पुष्पकमल दाहालले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिनु भएको छ ।

निर्माणाधीन आयोजनाको निरीक्षण गर्न दोलखा पुगेका प्रधानमन्त्री दाहालले आयोजनाको काम निर्धारित समयमै सक्न निर्देशन दिनु भएको हो । दाहालले आज माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भूमिगत विद्युत गृह, मुख्य सुरुङहरु र बाँधस्थलको अवलोकन गर्दै यस्तो निर्देशन दिनु भएको हो ।

आयोजनाको स्थलगत निरीक्षणपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले निधारित समयमै काम सम्पन्न गरे कर्मचारी र ठेकेदारलाई पुरस्कार दिने घोषणा समेत गर्नु भयो ।

प्रधानमन्त्री दाहालले दोलखाको लामाबजार–तिब्बत जोड्ने सडक निर्माण सुरु गर्न पनि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

स्वदेशी पूँजीमा लामाबगर गाविसमा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणको काम ८२ प्रतिशत सम्पन्न भएको छ । आयोजना सम्पन्न गर्न ३५ अर्ब २९ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको भए पनि विभिन्न कारणले लागत बढेर ४१ अर्ब ७२ करोड पुग्ने अनुमान गरिएको छ ।
यस्तै प्रधानमन्त्री दाहालले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकन निरिक्षणपछि आजै खोटाङ जिल्लास्थित सरकारी निकायका प्रमुखहरुसँग छलफल गर्ने बताइएको छ । प्रधानमन्त्री दाहाल आजै काठमाडौ फर्किनु हुने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी