काठमाडौंलाई लोडसेडिङमुक्त गराउन जुनसुकै उपाय अपनाउनुस् :प्रधानमन्त्री

काठमाडौंलाई लोडसेडिङमुक्त गराउन जुनसुकै उपाय अपनाउनुस् :प्रधानमन्त्री

  • सोमवार, कार्तिक २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

कार्तिक २२, काठमाडौं । 

प्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्डले उपत्यकामा सधैंका लागि बत्ती नजाने व्यवस्था गर्न र कुनै अप्ठ्यारो परे सरकारसँग सहयोग माग्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आज भेटि प्रधानमन्त्रीले आफुले यसअघि राखेको ‘काठमाडौंलाई लोडसेडिङ मुक्त बनाउने’ योजनाको मुर्त खाका ल्याउन निर्देशन दिनुभयो ।

प्रधानमन्त्रीले काठमाडौं उपत्यकालाई तत्कालै लोडसेडिङमुक्त गर्ने आफ्नो संकल्प भएकोमा जोड दिँदै अब उपत्यकामा सधैंका लागि बत्ती नजाने व्यवस्था गर्न र कुनै अप्ठ्यारो परे सरकारसँग सहयोग माग्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो, ‘काठमाडौं उपत्यकालाई तत्काल लोडसेडिङमुक्त बनाउने मेरो संकल्प पुरा हुँदैछ, यसमा म खुसी छु । अबदेखि उपत्यकामा कहिल्यै बत्ती नजाने गरी आवश्यक व्यवस्था गर्नुस्, अप्ठ्यारा के छन् रु सरकारलाई भन्नुस्, सरकार सबै किसिमको सहयोग गर्न तयार छ ।’
भेटमा प्रधानमन्त्रीले ‘देशलाई लोडसेडिङमुक्त गर्ने कार्ययोजना तयार गर्न, विद्युत् चोरी, बक्यौता नतिर्ने जस्ता समस्यामा कठोर भएर लाग्न, ठूला आयोजना छिटै सम्पन्न हुने वातावरण निर्माण गर्न, नयाँ योजना सञ्चालनका लागि तयारी गर्न’ पनि निर्देशक घिसिङलाई निर्देशन दिनुभयो ।
भेटमा निर्देशक घिसिङले प्रधानमन्त्रीको यसअघिकै निर्देशनपछि विद्युत् प्राधिकरण उपत्यकामा लोडसेडिङ हटाउन लागेको जानकारी दिँदै देशभरि लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना ल्याउने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी