प्राधिकरणद्धारा उपत्यकाका तीन जिल्लालाई लोडसेडिङ मुक्त

प्राधिकरणद्धारा उपत्यकाका तीन जिल्लालाई लोडसेडिङ मुक्त

  • आइतवार, कार्तिक २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, कात्तिक २१। नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका तिन जिल्लालाई परीक्षणको रुपमा लोडसेडिङ मुक्त गरेको छ । तिहार सुरु भएसँगै चौबीसै घण्टा बिजुली आपूर्ति गर्दै आएको प्राधिकरणले उपत्यकालाई लोडसेडिङमुक्त गर्न थालेको हो ।

प्राधिकरणले विद्युत् आपुर्ति प्रणालीमा सुधार गरेर उपत्यकाको तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरलाई लोडसेडिङमुक्त गर्न थालेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । साथै उहाँले उपत्यकालाई लोडसेडिङमुक्त गर्दा अरु जिल्लाको विद्युत कटौती नहुने बताउनु भयो ।

भारतबाट थप विद्युत आयातका लागि धनुषाको ढल्केबरमा सवस्टेशन निर्माणको काम भइरहेको र ढल्केबर–खिम्ती, ढल्केबर–हेटौंडा र मातातीर्थको प्रसारण लाइन स्तरोन्नतिको काम पनि भइरहेको उहाँले जानकारी गराउनु भयो ।

विद्युत व्यवस्थापन गर्न अझै एक डेढ महिना लाग्ने र त्यसपछि काठमाडौं उपत्यकासहित काभ्रेको तीन शहरलाई पनि एकैपटक लोडसेडिङमुक्त शहर घोषणा गर्ने प्राधिकरणको योजना छ ।

त्यसपछि पोखरा, विराटनगर, धरान, चितवन लगायतका शहरलाई पनि क्रमैसँग लोडसेडिङमुक्त गर्दै लैजाने कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी