काठमाण्डौ ,२० कार्तिक ।
नेपालमा कृषिको आधुनिकिकरण तथा व्यवसायिकरण गराउन विभिन्न सरकारी सस्था, गैर सरकारी सस्था तथा निजी सस्थाहरुको समेत योगदान हुदै आएको छ । त्यसै मध्ये आधुनिक प्रविधि अन्तर्गत थोपा सिँचाईको उत्पादन तथा विस्तारको अग्र पंक्तिमा आउने नाम हो सितल थोपा सिँचाई प्रविधि उद्योग ।
सितल लघु सिँचाई प्रविधिहरु उत्पादन तथा बजारीकरणबाट आयआर्जन वृद्धि गरी साना किसान तथा अन्य सरोकारवाहरुका साथ समतामुलक प्रगतीमा कटिबद्ध नेपालको एकमात्र थोपा सिँचाई प्रविधि उद्योग होे सितल थोपा सिँचाई प्रविधि उद्योग ।
सितल थोपा सिँचाई प्रविधि उद्योगले वि.स. २०५५ सालदेखी कम मुल्य पर्ने थोपा सिँचाई प्रविधि र माइक्रो स्प्रिङकल प्रविधिको उत्पादन तथा विस्तार गर्दै आएको छ । पानीको कमी भएका पहाडी क्षेत्रमा साना किसानको लागि गोरखा, तनहुँ र कास्कि जिल्लामा करीब २ बर्षको कार्यमुलक अनुसन्धान पछि सरल, सस्तो, न्युनतम मानव श्रम चाहिने तथा साना इकाइमा विभाजन गर्न सकिने थोपा सिँचाई प्रणालीको विकास गरेको हो ।

ललितपुरको ग्वार्को स्थित सितल थोपा सिँचाई प्रविधि उद्योगले सितल थोपा सिँचाई तथा माइक्रो स्प्रिङकल सिँचाइर्, पाइपहरु, पाइप जडान गर्न प्रयोग हुने सामाग्रीहरु तथा उपकरणहरु उत्पादन गर्न दक्ष प्राविधिकहरु परीचालन गरेको छ ।
विकसित देशमा उपयोग भइरहको परम्परागत थोपा सिँचाई प्रविधि इजरायलमा विकास भएको हो । सो प्रविधि महंगो र जटिल भएकोले साना किसानमा विस्तार हुन सकेन् । त्यसैले नेपालमा साना किसानका लागि उपयुक्त सरल तथा कम लागतका थोपा सिँचाई प्रविधि विकास भएको हो । थोपा पाइपको ड्रिपरबाट पानी झार्नमा रोकावट नहोस् भन्ने कुरामा ध्यान दिइएको छ । जसले ड्रिपरबाट पानीको प्रवाह नियमित गर्दछ र बिरुवामा पानी सिँचनमा अड्चन रोकथाम गर्दछ ।
ड्रिपरबाट वाष्पिकरण तथा चुहावट नहुने गरी पानी सोझै बिरुवाको जरामा पर्दछ । थोपा सिँचाई प्रविधि पानी बचत गरी सिँचाई गर्ने कृत्रिम तरीका पनि हो । सतह सिँचाईको तुलनामा यस प्रविधिबाट ८० प्रतिशत भन्दा पानी बचत हुन्छ । पानी बचतको साथै यस प्रविधिबाट मलखाद र बिरुवालाई आवश्यक पोषणतत्व पानीमा घुलन गरेर विस्तारै विरुवाको जरामा हाल्न सकिने भएकोले जरालाई मल तथा बिरुवालाई आवश्यक पोषणतत्व प्रयाप्त मात्रामा मिल्दछ ।
थोपा सिँचाई विरुवाको जरामा मल तथा पोषणतत्व पु¥याउने कुशल विधि पनि हो । थोपा तथा माइक्रो स्प्रिङकल प्रविधि भनेको बारीमा पंक्तिबद्ध रुपमा रोपिएका बिरुवाहरुको जरामा पानीको थोपा तपतप झारेर सिँचाई गर्ने प्रविधिलाई थोपा सिँचाई र एकदमै नजीक नजीक बाक्लै रोपिएका साना बिरुवाहरुमा पानीका मसिना फोहोराद्धारा सिँचाई गर्ने पद्धतीलाई माइक्रो स्प्रिङकल सिँचाई भनिन्छ । यी प्रविधिहरु साना किसानको उत्पादकत्व तथा आम्दानी वृद्धिका लागि अत्यन्त उपयुक्त तथा प्रभावकारी मानिएको छ ।
यस उद्योगले आफ्ना लघु सिँचाई प्रविधिहरु र अन्य कृषि प्रविधिहरु प्रवद्र्धन र विस्तार गर्न ग्क्ब्क्ष्म् को ध्ष्लचयअप क्ष्लतभचलबतष्यलब िकिसान परीयोजनाको साझेदारीमा पश्चिम नेपालका ११ जिल्लाहरु गुल्मी, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, डडेलधुरा, डोटी र अछाममा सितल लघु सिँचाई परीयोजना विस्तार गरेको छ । यस सितल लघु सिँचाई परीयोजनाले सितल थोपा सिँचाई प्रविधि उद्योगको शाखा बाँकेको कोहलपुरमा समेत विस्तार गरीएको छ । जसले गर्दा पश्चिम नेपालका कृषकलाई थोपा सिँचाई प्रविधिमा आवश्यक पर्ने सामाग्रीहरुको ढुवानी गर्न समेत सहज बनाएको छ । यस परीयोजनाले कम्तीमा १० हजार कृषकहरु लाभान्वित गराउने उद्धेश्य अनुरुप अगाडि बढेको छ र हाल सम्म ६ हजार भन्दा बढी कृषकहरु लाभान्वित भैसकेका छन् ।
सितल थोपा सिँचाई प्रविधि उद्योगद्धारा उत्पादित यी प्रविधिलाई सितल थोपा सिँचाई र सितल माइक्रो स्प्रिङकल नाम दिइएको छ । यस उद्योगबाट उत्पादन गरीएका थोपा सिँचाई प्रविधि विकसीत देशहरुमा परम्परागत थोपा सिँचाइका बिशेषताहरु समेटेर विकास गरीएको कम लागतको सरलीकृत प्रविधि हो । कम चापमा संचालन, सामान्य ड्रिपर तथा पाइप जडान गर्ने सामाग्री साना साइजमा विभाजन गर्न सकिने प्रणाली नै यस प्रविधिका सरल पक्षहरु हुन् । सितल थोपा सिँचाई प्रणाली संचालन गर्न १ देखी २ मिटर हेड भए पुग्छ ।

जसका लागि यसका सबैजसो सामाग्रीहरु यसै उद्योगमा निर्माण गरीन्छ । सहजीकरण हुने खालका सितल थोपा तथा माइक्रो स्प्रिङकल सिँचाई प्रविधिहरुको उत्पादन तथा विक्रिवितरण गर्ने उद्धेश्यले सितल थोपा सिँचाई प्रविधि उद्योग स्थापना गरीएको हो । लक्षित ग्राहकहरु सन्तुष्ट हुने गरी गुणस्तरको थोपा सिँचाई किसानलाई सुहाउने मुल्यमा उपलब्ध गराएको र यसले उचित प्रतिफल पनि दिइरहको कुरामा विश्वस्त हुनुहुन्छ सितल थोपा सिँचाई प्रविधि उद्योगका प्रविधि व्यवस्थापक राजन गैरे ।
थोपा सिँचाई प्रणालीमा मुल तथा शाखा पाइपसँगै पानी झार्ने थोपा पाइप, पारदर्शी लेवल पाइप, इनप्लग, गेट भल्भ फिल्टर, खुट्टी टी आदी मुख्य सामाग्री पर्दछन् । पि.भि.सी. तथा एच.डि.पी. कच्चा पदार्थबाट निर्माण हुने यी सामाग्रीहरु कम्तीमा १० बर्षसम्म टिकाउ हुन्छन् । विभिन्न प्रकारका औद्योगिक डाइहरु उत्पादन गर्ने थापा मोल्ड एण्ड डाइ तथा लघु सिँचाईका सामाग्रीहरु निकासी गर्ने र पलाष्टिक हार्डवेयर सामान एवं विधुतीय उपकरणहरु पैठारी गर्ने न्यु नेहा इन्टरप्राइजेज्को सहकार्य र समन्वयमा सितल थोपा सिँचाई प्रविधि उद्योग लघु सिँचाई प्रविधिहरु उत्पादन तथा विक्रिवितरणमा सक्रिय छ ।
हालसम्म सितल थोपा सिँचाई प्रविधि उद्योगले नेपालका ७५ ओटै जिल्लामा लघु सिँचाई प्रविधि तथा अन्य सामाग्रीहरु पु¥याएको छ । यस उद्योगले बर्षमा ८ हजार थोपा सिँचाई तथा माइक्रो स्प्रिङकल प्रविधिहरु विक्रि वितरण गर्दै आएको छ । यस उद्योगले विदेशमा पनि आफ्नो प्रविधि विस्तार गरेको छ । प्रत्येक बर्ष सिक्कीममा २०० लघु सिँचाई प्रविधि निकासी गरेको छ भने पाकिस्तान, भुटान, बंगालादेश, इन्डोनेसिया, भियतनाम, चिन तथा अफ्रिकि देशहरु इथियोपिया, बुर्किनाफासो र घाना लगायत इजरायल, संयुक्त राज्य अमेरीका, जर्मनी र जापान आदी विभिन्न देशहरुमा पनि केहि लघु सिँचाई प्रविधिहरु निकासी गरेको छ । यस उद्योगले हाल नेपालका विभिन्न जिल्लामा रहेका आफ्ना ६५ बिक्रेता मातर्फत आफ्नै प्रतक्ष्य प्रयासबाट थोपा सिँचाई तथा माइक्रो स्प्रिङकल सिँचाई प्रविधि तथा अन्य कृषि सामाग्रीहरु देश भरी नै आपुतर््िा गर्दै आएको छ ।
यस उद्योगले सितल लघु सिँचाई प्रविधिहरुको साइज अनुरुप बेमौसमी तरकारी खेतीका लागि महत्वपुर्ण पलाष्टिक घरको लागि सिल्पोलिन पलाष्टिकको आधिकारीक बिक्रेता बनी बिक्रि वितरण गर्दै आएको छ ।
साथै पलाष्टिक पोखरीका लागि आवश्यक विभिन्न साइजका पलाष्टिकहरु प्नि आपुर्ति गर्दै आएको छ ।
पानीको सर्वोत्तम उपयोग गर्ने लघु सिँचाई प्रविधि र सेवाहरुको पँहुच तथा प्रयोगबाट साना किसानहरुको जिवनस्तरमा दिगो प्रगती गर्नु यस उद्योगको मिसन रहको छ । यस उद्योगले अव्यस्त गरीब तथा साना किसानहरुलाई कम मुल्य पर्ने र थोरै सम्भार खर्च लाग्ने आयमुलक लघु सिँचाई प्रविधिहरु आपुर्ती गरेर उनीहरुको खाद्य सुरक्षा, उर्जा र स्वास्थ्यमा सुधार गर्नु हो । अगुवा फर्मको रुपमा नेपालका सबै जिल्लामा लघु सिँचाई प्रविधिहरुको आपुर्तीमा नेतृत्वदायी भुमिका स्थापित गर्नु यस उद्योगको परीकल्पना हो ।
आफ्नो प्रविधि तथा कार्यकलापको परीमार्जन संवृद्धि तथा विस्तार गरेर लघु सिँचाई प्रविधिको बजारीकरणमा प्रमुख उत्प्रेरकको भुमिका खेल्ने यस उद्योगको दुरदृष्टि छ । यस उद्योगले एकिकृत कुशल तथा मितव्ययी तरीकाले मानव शक्ति तथा भौतिक सामाग्रीहरुको अपुर्ण संयोग व्यवस्थापन गर्ने रणनिती समेत लिएको छ । यस उद्योगको मुल्य श्रृङखला सबै सरोकारवालाहरुको आय आर्जनको वृद्धिमा केन्द्रित रहने हुनाले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने देखिन्छ । बढी भन्दा बढी साना किसान र अन्य ग्राहकहरुलाई लघु सिँचाई सामाग्रीहरु र सेवाहरु उपलब्ध गराँउने यस उद्योगको सिद्धान्त रहेको छ । लघु सिँचाई प्रविधिहरको उत्पादन, एकत्रिकरण तथा बजारीकरणको नयाँ तौर तरीकाको विकास, विस्तार र सुधार गर्न सुरक्षित कार्यथलो तथा सरल कार्यसमिता अवलम्वन गर्ने काम यस सस्थाले गरीरहको छ ।
थोपा सिँचाइ प्रविधि किसानको मागअनुसार २ रोपनी र त्यस भन्दा बढी जग्गाको लागि पनि थोपा सिँचाइ प्रविधि जडान गर्न सकिन्छ । यस उद्योगले १८ बर्षभन्दा बढी समय देखी लघु सिँचाई प्रविधि आपुर्तिमा अग्रणी भुमिका खेल्दै आएको छ । यो प्रविधि कम चापमा थोरै पानीबाट धेरै जमिनमा किफायती तरीकाले सिँचाई गरी जमीनको उत्पादकत्व बढाउन उपयोगी सिद्ध सावित भएको छ ।
थोरै पानीको चापबाट पनि सिँचाई गर्न सकिने भएकाले थोपा सिँचाई र माइक्रो स्प्रिंकल प्रविधि बढी प्रभावकारी मानिन्छ । त्यसैले नेपालको पहाडी तथा तराई भुभागमा यो प्रविधि निकै उपयुक्त देखिन्छ ।
यस प्रविधिबाट प्रतिघण्टा प्रत्येक प्वालबाट २ देखी २.२५ लिटर पानी झर्ने गर्दछ । यो प्रविधिको विभिन्न सामाग्री तथा पाइपहरु उच्च स्तरको पि.भि.सी. तथा पलाष्टिक सामाग्रीबाट बनेको हुदा प्रविधि बनाउन, ढुवानी गर्न, जडान गर्न तथा थन्काउन सजिलो हुन्छ ।
पानीको मसिनो फोहोराद्धारा सिँचाई गर्न माइक्रो स्प्रिङकल प्रविधि प्रभावकारी मानिन्छ । यो प्रविधिबाट कहिल्यै सिँचाई गर्न नसकिएका र भिरालो सँगै ढल्केका जमिनमा पनि सम्भव भएको छ । यो प्रविधि कम उचाइका तरकारीहरु, फलफुलहरु, जडिबुटीहरु, घाँस, चिया तथा कफि लगायतका बालीहरुको लागि उपयुक्त मानिन्छ । थोपा सिँचाई प्रविधिले माटोको उर्वरा शक्तिलाई कायम राख्न सकिने र थोरै पानीमा किफायती सिँचाई गर्न सकिने हुनाले पनि कृषकहरुको रोजाई बन्न सफल बन्न सकेको छ ।
नेपालका विभिन्न जिल्लामा थोपा तथा माइक्रो स्प्रिङकल सिँचाई तथा अन्य प्रविधिहरुको प्रवद्र्धनका लागि अन्तराष्टिय गैर सरकारी सस्था तथा जिल्ला कृषि विकास कार्यालयहरु, सरकारी निकायहरु एवं कृषि उद्यमहरुसँगै सहकार्य गर्दै आएको छ । नेपालमा १ लाख भन्दा बढी किसानहरुले सितल लघु थोपा सिँचाई प्रविधिहरुको प्रयोग गरी आयआर्जन गरीरहेका छन् । आगामी दिनमा सितल लघु सिँचाई प्रविधिहरु थप विस्तार गर्न राज्यको ध्यान गए यसले राष्टको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्ने सम्भावना देखिन्छ ।


