माथिल्लो नौगाढ र विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता

माथिल्लो नौगाढ र विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता

  • बिहिबार, कार्तिक १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमान्डौ कात्तिक १८ । माथिल्लो नौगाढ जलविद्युत आयोजनाको प्रवद्धक कम्पनी अपि हाइड्रोपावर र नेपाल विद्युत प्राधिकरणबीच (पीपीए) विद्युत खरिद(बिक्री सम्झौता भएको छ ।

कम्पनीले १७ महिनाभित्र दार्चुलाबाट ८ मेगावाट विद्युत उत्पादन गर्ने जनाएको छ । अपि पावरले यसअघि नै सोही खोलाबाट ८.५ मेगावाटको विद्युत आयोजना सम्पन्न गरिसकेको छ ।

कम्पनीबाट उत्पादन भएको बिजुली विद्युत प्राधिकरणको सब स्टेशनसम्म ल्याउन १३२ केभी क्षमताको ७ किलोमिटर प्रसारणलाइनको आवश्यकता पर्नेछ । सो प्रसारणलाइन पनि कम्पनी आफैंले निर्माण गर्ने प्रस्ताब गरेको छ ।

कम्पनीले सोलारबाट विजुली निकाल्ने अनुमति पनि पाइसकेको छ । विभिन्न आयोजनाहरुमा लगानी विस्तार गरिएकाले सेयरधनीको प्रतिफल प्रत्येक वर्ष बढ्दै जाने अपि पावरका कार्यकारी निर्देशक सञ्जिब न्यौपानेले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी