अस्ट्रियन कम्पनी ‘एन्ड्रिज हाइड्रो’ले नेपालमा आफ्नो कार्यालय स्थापना गर्ने

अस्ट्रियन कम्पनी ‘एन्ड्रिज हाइड्रो’ले नेपालमा आफ्नो कार्यालय स्थापना गर्ने

  • बिहिबार, कार्तिक १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, कात्तिक १८ ।

विश्वभर ७० देशका २५० स्थानमा उत्पादन तथा सर्भिस सेन्टर रहेको अस्ट्रियन कम्पनी ‘एन्ड्रिज हाइड्रो’ले नेपालमा आफ्नो कार्यालय स्थापना गर्ने घोषणा गरेको छ ।

‘ग्राहक दिवस २०१६’को अवसरमा काठमाडौंमा अाज आयोजित कार्यकममा जलविद्युत् क्षेत्रमा १७५ वर्षको इतिहास बोकेको कम्पनीले नेपालमा जलविद्युत्को विकासका लागि कार्यालय स्थापना गर्ने जनाएकाे हाे ।

एन्ड्रिज हाइड्रो इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जोसेफ उल्मरले कम्पनी करिब दुई दशकदेखि नेपालको नवीकरणीय उर्जाको क्षेत्रमा क्रियाशील रहेको जनाउदै नेपालमा कार्यालय स्थापना गर्ने बताउनु भयाे ।

उहाले नेपालको जलविद्युत् क्षमताअनुरुपको विद्युत् उत्पादन गर्न सकेमा प्रत्येक नेपालीको जीवनशैली फेरिनसक्नेबताउनु भयाे ।

कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले नेपालमा क्षमताअनुसारको विद्युत् विकास गर्न नसक्नु दुःखद् रहेको भन्दै जलविद्युत् क्षेत्रमा निजी एवं विदेशी लगानी आकर्षित गर्न आवश्यक नीति निर्माणमा सरकार लागिरहेको बताउनु भयाे ।

जलविद्युत् उत्पादनका लागि आवश्यकपर्ने उपकरण कम्पनीले उत्पादन गर्दै आएको छ । कम्पनीको नेपालमा कुल १ हजार मेगावाट क्षमताको परियोजनाहरुमा संलग्नता रहेको जनाइएको छ ।

नेपालको अपर तामाकोसी, मिडल भोटेकोसी, कुलेखानी–१ डिजास्टर प्रोजेक्टलगायत नेपालका १३ ओटा मझौला जलविद्युत् परियोजनाहरुमा कम्पनीको संलग्नता रहेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी