तमोर जलशाययुक्त जलविद्युत परियोजनाको निर्माणले डेस सय घरबार विस्थापित हुने

तमोर जलशाययुक्त जलविद्युत परियोजनाको निर्माणले डेस सय घरबार विस्थापित हुने

  • मङ्लबार, कार्तिक १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौ १६ कार्तिक । सात सय ६२ मेगावाट क्षमताको तमोर जलशाययुक्त जलविद्युत परियोजनाका कारण तमोर नदी किनारका झण्डै डेढ सय घर परिवार विस्थापित हुने भएका छन् । पिनासीघाट, माझीटार, नक्कलेघाट, लुबुघाट क्षेत्रमा बसोबास गर्दै आएका माझी र केही तामाङ घर परिवार प्रभावित हुने देखिएको छ ।

परियोजनाको लागि नदीमा बाँध निर्माण गरिएपछि ती बस्तीहरु डुबानमा पर्नेछन् ।यससँगै तल्लो हेवा जलविद्युत परियोजना र माथिल्लो हेवा जलविद्युत परियोजनाको विद्युतगृह तथा कावेली ए जलविद्युत परियोजना पनि डुबानमा पर्ने छन् ।

तमोर जलशाययुक्त जलविद्युत परियोजना सरोकार समितिका संयोजक तथा पूर्व सांसद वसन्तकुमार नेम्बाङका अनुसार बाँध निर्माण गरेर पानीको सतह ताप्लेजुङ र पाँचथर सीमा क्षेत्र हुँदै बग्ने काबेली नदीसम्म र्पुयाइनेछ । परियोजनाबाट प्रभावित हुनसक्ने घर परिवार, भौतिक संरचना र जलविद्युत परियोजनाबारे विस्तृत विवरण सर्वेक्षणपछि मात्रै आउने नेम्बाङले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी