तनहुको दुलेगौडामा प्रभु बैंकको न‘या शाखा स्थापना

तनहुको दुलेगौडामा प्रभु बैंकको न‘या शाखा स्थापना

  • शुक्रबार, कार्तिक १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

दमौली कार्तिक १२ । बैंकिङ क्षेत्रमा सहज सेवा विस्तार गर्दै गएको प्रभु बैंकले तनहु जिल्लाको दुलेगौडामा नया शाखा स्थापना गरेको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डेले आज एक समारोहका बीच उक्त शाखाको उद्घाटन गर्नु भयो । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये पोखरा शाखा ( साविक ग्राण्ड बैंक नेपाल लि.) कार्यालयलाई दुलेगौडामा स्थानान्तरण गरिएको हो ।

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ ।

udghatan-bank-1

शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले अपेक्षा राखेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी