कार्तिक १२ नवलपरासी । नवलपरासीको विपि माध्यमिक विद्यालय पक्लिहवा-८ बलिनगर का बालबालिकाहरु शौचका लागि बाहिर जान बाध्य भएका छन ।
सो विद्यालयमा रहेको शौचालयको सरसफाइ, पानीको ब्यवस्था, ढोका बन्द न हुदा बालबालिकाहरु बाहिर खुल्ला शौच गर्न जाने गरेको कक्षा १० मा अध्ययनरत छात्रा रन्जना कुर्मीले संचारकर्मीलाई बताउनु भएको छ । कुर्मीले हामीले खुल्ला शौचका लागि बाहिर जादा असुरक्षित महसुस हुने गरेको बताउछिन् ।
विद्यालय वरिपरि झारपात रहेकोले कहि कतै सर्प टोक्ला भन्ने डर लाग्ने गरेको हुदा पनि बाध्यताले बाहिर शौचका लागि जानू परेको बाहिर जादा खेतबारीमा काम गर्ने गरेको मान्छेहरु हुदालाज हुने गरेको हुन्छ र फर्केर फेरि बिना शौच गरि अाउने गरेको बताउछिन । विद्यालयले शौचालयकोसुरक्षित ब्यवस्थापन मिलाई दिए हामी बाहिर खुलारुपमा शौचका लागि नजाने बताईन ।
यसैगरी विद्यालयमा उचित कक्षा कोठा न हुदा बालबालिकाहरु खुल्ला चौरमा पढने गरेको कक्षा ८ मा अध्ययनरत छात्र साबिर अन्सारीले गुनासो गर्नु भएको छ । चर्को घाममा पनि बालबालिकाहरुलाई खुल्ला चौरमा पढाइने गरेको बताउछन् ।
उता नवनिर्वाचित विद्यालय व्यवस्थापक समितिका अध्यक्ष अोमप्रकाश तिवारीले अाफु अगाडिको समितिलाई दोष दिदै अाफु पन्छिन खोज्नु भएको छ । विसं २०५० सालमा स्थापनाभएको विद्यालयमा हाल अन्दाजी चार पाच सय भन्दा बढि छात्रछात्रा अध्ययनरत छन्न जसमध्ये अधिकांस बालबालिका दलित समुदायका रहेका छन्न ।
उता सो विद्यालयका प्रअ भागवत प्रसाद केवटले जिल्ला शिक्षा कार्यालय नवलपरासीको अार्थिक सहयोगमा छ कोठा भवन निर्माण भइरहेको बताउदै भवन पुर्ण रुपमा निर्माण भएपछि सबै समस्या समाधान हुने बताए । विपि मावि बलिनगर मा हाल एउटा मात्र शौचालय बाल विकास कोठा भित्र छ जुन शिक्षक र शिक्षिका प्रयोग गर्दै अाएका छन्न ।
सो विद्यालयमा बालबालिकाहरुलाई बस्ने डेक्सबेन्च को समेत अभाव भएर भुई मा बसेर बालबालिका अध्ययन गरेका देख्न सकिन्छ कतिपय बालबालिका अाफ्नो घरबाट बस्नका लागि बोरा ल्याउने गरेको देख्न सकिन्छ । बालबालिकाले सुरक्षित वातावरणमा अध्ययन गर्ने मौलिक अधिकार पाउन र यसमा संबंधित निकायको छिटै नै ध्यान जाअोस ।





