एनसेलको लाभांश स्वीकृतिमा करोडौ कमिसनको चलखेलको शंका

एनसेलको लाभांश स्वीकृतिमा करोडौ कमिसनको चलखेलको शंका

  • बिहिबार, कार्तिक ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

कार्तिक ११ काठमाण्डौं । ४० अर्ब भन्दा बढी कर नतिरेको भन्दै विवादमा परेको विदेशी दुर सञ्चार कम्पनी एनसेललाई राष्ट्र बैंकले ८ अर्ब रुपैया लाभांश लान स्वीकृत दिएको घटनामा करोडौ रुपैया चलखेलको आशंका गरिएको छ ।
सरकारी नियमनकारी निकायसग अनुमति नलिई लगानी थपेकाले चार वर्ष अघि एनसेलको लाभांश लान रोकिएको थियो ।
संसदीय समितिले रोकेको, ऐन र कानुनहरु बाझिएर अल्झिएको एनसेलको लाभांश लैजान राष्ट्रबैंकका गभर्नरले किन स्वीकृति दिए प्रश्न उठेको छ ।

यसमा अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीको दवाव रहेको समेत रहेको र गर्भनर डा. चिरञ्जीवी नेपालले सहयोग गरेको देखिएको कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको छ ।

राष्ट्र बैंकले पूजीगत लाभ कर जम्मा अझै नगरेको एनसेललाई ८ अर्ब भन्दा बढी पैसा लाने अनुमति दिए पछि यसमा करौडौ रुपैयाको चलखेल र दवावको अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी