रुपन्देहीमा टेलिकमको नया एक्सचेन्ज

रुपन्देहीमा टेलिकमको नया एक्सचेन्ज

  • बुधबार, कार्तिक १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

वुटवल कार्तिक १० । रुपन्देही जिल्लाको नहरपुरमा नेपाल टेलिकमको नयाँ एक्सचेन्ज सञ्चालनमा आएको छ । आज आयोजित एक कार्यक्रमका बीच सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्की (राम कार्की) ले सो एक्सचेन्जको उद्घाटन गर्नु भयो । मन्त्री कार्कीले नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदीलाई टेलिफोन कल गरेर सो एक्सचेन्जको उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा माननीय मन्त्री कार्कीले सूचना तथा सञ्चार प्रविधिलाई आफ्नो सीप र क्षमता अभिवृद्धिका लागि अधिकतम प्रयोग गर्न आग्रह गर्दैै यसबाट मात्रै नेपाली युवाहरुलाई श्रम बेच्नका लागि विदेश जानबाट कम गर्न सकिने कुरा बताउनु भयो ।

 सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीले आफ्ना भइरहेका सेवालाई गुणस्तरीय बनाउन विभिन्न कार्य गरिरहेको बताउँदै थ्रीजी सेवालाई प्रत्येक क्षेत्रमा पु¥याउन र फोर जी सेवा छिट्टै नै सञ्चालनमा ल्याउन तयारी गरिरहेको बताउनु भयो ।
नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय भैरहवाका निर्देशक सिद्धप्रताप भारतीको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा सो क्षेत्रका जनसमुदाय, पत्रकार तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

आज उद्घाटित नहरपुर एक्सचेन्ज ९६ लाइन क्षमताको रहेको छ । यस मध्ये ६४ लाइन टेलिफोन ९ख्यष्अभ० र ३२ पोर्ट एडीएसएल डाटा क्षमता रहेको छ ।

अब सो क्षेत्रका ग्राहकहरु पनि टेलिफोन तथा इन्टरनेट सेवाबाट लाभान्वित हुने भएका छन् । लामो समयदेखि प्रतिक्षारत ग्राहकले समेत सेवा प्राप्त गर्न सकुन भन्ने उद्देश्यले कम्पनीले विभिन्न स्थानमा यस्ता एक्सचेन्ज स्थापना तथा सञ्चालन गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी