भक्तपुर अन्तराष्ट्रिय औद्योगिक ब्यापार मेला हुने

भक्तपुर अन्तराष्ट्रिय औद्योगिक ब्यापार मेला हुने

  • बुधबार, कार्तिक १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

भक्तपुर, १० कार्तिक । भक्तपुरमा हुने भक्तपुर अन्तराष्ट्रिय औद्योगिक ब्यापार मेला बारे जानकारी दिन भक्तपुर उद्योग बाणिज्य संघले आज पत्रकार सम्मेलन गरेको छ ।
मंसिर २४ गतेदेखि २९ गतेसम्म भक्तपुरको सल्लाघारीमा चल्ने उक्त औद्योगिक ब्यापार मेलामा भक्तपुरका स्थानिय उत्पादन, सांस्कृतिक झाँकि, पर्यटन प्रर्वदन लगायत बिभिन्न देशका उत्पादनहरु रहने मेलाका संयोजक राजु मृगेन्द्र जोशिले जानकारी दिनु भयो । मेलामा नौ देशको सहभागितको अपेक्षा रहेको समेत उहाँले बताउनु भयो । १७२ वटा स्टल रहने मेलामा आगन्तुक उपभोक्ताहरुलाई प्रवेश शुल्क ५० रुपैयाँ रहेता पनि बिद्यार्थीहरुलाई ३० प्रतिशत छुटका साथै शारिरीकरुपमा अशक्त, जेष्ठ नागरिक र बालबालिकाका लागि भने निःशुल्क प्रबेश रहेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भवानी राणाले भक्तपुर उद्योग बाणिज्य संघले आफ्नो पचासौं वर्षको उपलक्ष्यमा आयोजना गर्न लागेको अन्तराष्ट्रिय मेलालाई महासंघले सक्दो सहयोग गर्ने बताउनु भयो ।
उहाँले यो मेलाले भक्तपुरमा भएका बिभिन्न सम्भावनाहरुको पहिचान गरि प्रर्वद्धन गर्न सक्ने बताउनु भयो । भक्तपुरमा आयोजना हुन थालेको मेलाले भक्तपुरको मात्र नभएर समग्र नेपालकै आर्थिक उन्नतीमा सहयोग पु¥याउने बताउनु भयो ।
भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष केपी अवालले भक्तपुरमा राष्ट्रिय र अन्तराष्ट्रिय मेलाहरुको आयोजना गर्न स्थानको अभाव भएको र भक्तपुरलाई बिभिन्न क्षेत्रबाट सहयोग हुन नसक्दा सके अनुरुप प्रगती गर्न नसकिएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी