भक्तपुरका कृषकलाई धान भित्र्याउँन भ्याईनभ्याई

भक्तपुरका कृषकलाई धान भित्र्याउँन भ्याईनभ्याई

  • मङ्लबार, कार्तिक ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

भक्तपुर । दशैं बिदाई र तिहारको आगमनसँगै भक्तपुरका किसानहरु यती बेला खेतमै ब्यस्त छन् । कृषकहरुको जिल्लाका रुपमा परिचित यस जिल्लाका किसानहरु यति बेला धान भित्र्याउन ब्यस्त रहेका छन् । धान भित्र्याउने समयमा अधिकांश किसानको दैनिकी नै बनेको छ ।
एकातर्फ भुकम्पले गरेको क्षती अर्को तर्फ अन्न राख्ने भण्डारको अभावले यती बेला भुकम्पको पिडा खेपिरहेका किसानहरु भण्डारनको लागि स्थानको जोहोमा लोगेको बताउँछन् ।
बिगत बर्ष भन्दा यो वर्ष बाली राम्रो भएको र बढी अन्न जम्मा हुने आशामा यो बर्ष भक्तपुरका किसानहरु खुशी देखिन्छन् । बेलामै भएको बर्षाकै कारण यो वर्ष धान बढी भित्र्याउन पाउने उनीहरु बताउँछन् । हाइब्रिड धानको मार खेपी सकेका किसानहरुले बिगतको तुलनामा बिज्ञहरुको सल्लाह अनुसार हाईब्रिड धान लगाउने गरेता पनि बढी मात्रामा अन्य धान लगाउने गरेका छन् ।
जिल्ला कृषि कार्यालय भक्तपुरको तथ्याँकले भक्तपुरमा ४ हजार ३ सय ४८ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । भक्तपुरका किसानहरुले विभिन्न हाईब्रिट चिनीयाँ जातका धानको विउ, झरुवा टाइचिन, खुमल ४, खुमल ११ लगायतका धानका विउ लगाउने गरेका छन् ।
गत वर्ष करीब २६ हजार ९ सय ५८ मेट्रीक टन उत्पादन भएको भक्तपुरमा समयमा मनसुन भएकोले गत वर्षको तुलनामा यो बर्ष धानको उत्पादन बढ्न सक्ने कार्यालयको तथ्याँकले देखाउँछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी