आगामी असोज भित्रै मेलम्चीको पानी काठमाडौंमा ल्याउन निर्देशन

आगामी असोज भित्रै मेलम्चीको पानी काठमाडौंमा ल्याउन निर्देशन

  • सोमवार, कार्तिक ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ ८ कार्तिक
व्यवस्थापिका संसदको विकास समितिले २०७४ साल असोज भित्र बहुप्रतिक्षित मेलम्ची आयोजनाको काम सकेर काठमाण्डौमा पानी वितरण गर्न सम्वन्धित निकायलाई निर्देशन दिएको छ ।

समितिको सिंहदरबारमा आज बसेको बैठकले दुई पटक सम्म यसअघि नै आयोजना सम्पन्न गर्ने मिति तय भईसकेको भन्दै अब समय थप गर्नेभन्दा पनि चाँडो काम सक्न खानेपानी तथा सरसफाई मन्त्रालय र मेलम्ची खानेपानी आयोजनालाई निर्देशन दिएको हो ।

कमजोर चट्टान बग्ने समस्याका कारण सुरुङ निर्माणमा अप्ठ्यारो भएको गुनासो आएकाले त्यसलाई गम्भिरतापूर्वक समाधान गर्न पनि समितिले निर्देशन दिएको छ ।

समिति सभापति रविन्द्र अधिकारीका अनुसार बैठकले स्थानीय प्रभावित जनताको भौतिक तथा आर्थिक लाभ सम्बन्धी निर्दे्शिका तयार गरि आयोजना स्थलसम्म पुग्ने सडकको तत्काल स्तरोन्नति गर्न पनि निर्देशन दिएको छ ।

आयोजनाले पाइप विच्छ्याउने कार्यले सडक सञ्चालनमा कठिनाई देखिएको भन्दै समितिले रातीको समयमा समेत काम गरी पानी वितरणको पूर्वाधारलाई छिटो सम्पन्न गर्न पनि निर्देशन दिईएको उहाले बताउनु भयो ।
बैठकमा मेलम्ची खानेपानी आयोजनाका प्रमुख घनश्याम भट्टराईले आयोजनाको ६२ प्रतिशत काम सकिएको जानकारी गराउनु भएके थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी