भक्तपुरका प्रजापती समुदायलाई माटोका पाला बनाउन भ्याइ नभ्याई

भक्तपुरका प्रजापती समुदायलाई माटोका पाला बनाउन भ्याइ नभ्याई

  • सोमवार, कार्तिक ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

भक्तपुर, ८ कार्तिक ।
तिहारको आगमनसँगै भक्तपुरका प्रजापती समुदायमा माटोका पाला बनाउन भ्याइ नभ्याई छ । अघि पछिको तुलनामा माटोको पाला तिहारको समयमा बढी माग हुने भएकाले यो समयमा भक्तपुर जिल्लामा माटोको भाँडा बनाउने प्रजापती समुदाय पाला बनाउनमा ब्यस्त रहने गर्दछन् । एका तर्फ भुकम्पको पिडा अर्को तर्फ तिहारको समयमा माटोको पाला बनाउन आवश्यक माटोको मूल्य बढ्दा यस पालि पालाको मूल्य बढ्ने पाला ब्यवसायिहरु बताउँछन् ।
बिगतको समयमा माटोको पालाको माग उपत्यका भित्र अधिक रहेता पनि पछिल्ला समयमा प्लाष्टिकका दियोको प्रयोगले माटोको पालाको ब्यवसायमा केही असर पारेता पनि तिहारको समयमा भने पालाको माग देशै भरिबाट हुने भएकाले पाला उत्पादनमा भक्तपुरका प्रजापतीहरु रात दिन पाला उत्पादनमा ब्यस्त रहेको छन् ।
पाला उत्पादनमा ब्यस्त रहेका पाला ब्यवसायिहरु माटोको अभाव रहेको गुनासो पोख्छन् । उनीहरु भन्छन् माटोको अभाव भएता पनि पालाको माग यो समयमा अधिक रहनुका साथै राम्रो आम्दानीको माध्यम भएकाले भक्तपुरका बिभिन्न स्थानमा रहेका प्रजापती समुदाय यती बेला पाला उत्पादनमा ब्यस्त रहने गर्दछन् ।
परम्परागत रुपमा पालाको प्रयोग भइरहेकाले समेत तिहारको समयमा परम्पराको निरन्तरतामा माटोको पालको माग बढी हुने पाला ब्यवसायिहरु बताउँछन् । गत बर्ष माटाका भाँडाहरु पोल्न तथा सुकाउनका पालो कुर्नुपर्ने अवस्था रहेता पनि बैशाखको भुकम्प पश्चात केही यो पेशाबाट बिस्थापित भएकाले यो वर्ष अलि सहज रहेको पाला ब्यवसायिहरु बताउँछन् ।
सबैभन्दा सस्तो पाला एक रुपैया पचास पैसा रहेको छ भने अधिक मूल्य बीस रुपैयाँ सम्म रहेको पाला उत्पादकहरु बताउँछन् । सामान्यतया १ रुपैयाँ पर्ने पालाको माग अत्याधिक रहेको उनीहरु बताउँछन् । माटोको समस्या बेलैमा सम्बोधन गर्ने तर्फ सरोकारवालाहरु ध्यान दिन नसक्ने र यसरी नै प्लाष्टिकले बजार ओगड्दै गएमा एक दिन माटोको पाला दन्त्य कथा बन्ला भन्ने तर्फ पाला उत्पादकहरु चिन्ता ब्यक्त गर्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी