साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) १२ दशमलव ०८ अंकले ओरालो लागेको छ । नेप्से १२ दशमलव ०८ अंकले ओरालो लागेर नेप्से परिसूचक १७८२ दशमलव ३९ अंकमा पुगेको छ ।
१२६ कम्पनीको १० लाख ८१ हजार कित्ता सेयर ९६ करोड ४५ लाख रुपैयाँमा कारोबार भएको छ । ‘क’ गर्नका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ २ दशमलव ८६ अंकले ओरालो लागेको छ ।
कारोबारमा होटल र विकास बैंक समूहको परिसूचक बाहेक अन्य समूहको परिसूचक ओरालो लागेका छन् । होटल समूहको परिसूचक १५ दशमलव ८४ र विकास बैंक समूहको परिसूक ८ दशमलव ७३ अंकले उकालो लागेका छन् ।
कारोबारमा जलविद्युत समूहको परिसूचक २८ दशमलव ७६,बैंकिङ समूहको परिसूचक १७ दशमलव ९९, बिमा १२ दशमलव १५ अंकले ओरालो लागेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline