एजेन्सीको सहयोगमा /आज भोली सामाजिक सञ्जालका कारण पनि हेलो हाई गर्दै माया प्रेम गर्ने शुरु गर्ने युवा युवतीको संसारभर ठूलो संख्या छ । नेपाल सहित अन्य मुलुकहरुमा , कस्ती राम्री , फेस राम्रो, कपाल राम्रो भन्दै विस्तारै सम्पर्क बढाए पछि बिहे गर्ने आस्वासन दिने र डेटिङका नाममा घुमाउन लाने यौन शोषण गर्ने बलात्कार र कतिपयको हत्या समेत समाजमा भईरहेको छ । भलै यसमा केटीहरुले पनि आफ्नै खुसीले लभ र सेक्स सामान्य भन्दै जीवनलाई नकारात्मक दिशामा धकेली रहेका छन्। यसबाट समाज र खास गरी युवतीहरु सचेत रहनै पर्दछ । यही सचेतना बढोस् भनेर यहा केही दर्दनाक खबर प्रकाशित गरिएको छ ।

छिमेकी मुलुक भारतको मध्य प्रदेश भोपालमा एक युवतीलाई आफ्ना प्रेमीले गर्भवती बनाए पछि २६ किलो मिटर सम्म निरन्तर हिडाएर अन्तिममा हत्या गरेको समाचार छ । भारतीय सञ्चार माध्यमका अनुसार प्रेमीलाई निरन्तर बिबाह गर्न दवाव दिदै आएकी ती युवतीले यौनसम्बन्धका कारण बच्चा पेटमा आए पछि अझ दवाव बढाईन् ।तर उनका प्रेमी उनलाई बिबाह गर्न चाहदैन थिए । यस्तोमा उनले फकाउदै २६ किलोमिटर टाढा लगे पछि घाटी थिचेर मारिदिए ।त्यस पछि अनुहारमा तेजाव समेत खन्याएका थिए ।

गत बुधबार ३० वर्षे ती युवती ललितालाई विभत्स तरीकाले हत्या गरेर फ्याकिएको अवस्थामा चिचोलाढानामा प्रहरीले फेला पारेको थियो ।
दिनेश विस्वकर्मा नामका ती प्रेमीले उनको हत्या गरे पछि शनिबार पक्राउ गरी हिरासतमा लिएको छ । उनले आफूले बिहे गर्न नमान्दा पनि केटीले नमानेकाले मारेको स्वीकार गरेका छन् । बेतुलबाट चिचोलाढाना सम्म २५ किलो मिटर हिडाउदा उनले बिहे गर्छु भन्दै फकाएका थिए ललितालाई ।
तर त्याहा पुगे पछि खेततिर जानै वित्तिकै दुई हातले घाटी निचोरेर हत्या गरेका थिए ।त्यस पछि तेजाव खन्याएर ढुंगाले अनुहार छोपेर भागेका थिए । मृतक ललिताको शरीरबाट सिम विनाको मोबाईल भेटिएको प्रहरीले जनाएको छ ।
उता हालै स्कटल्याण्डको डम्बार्टन शहरमा एक युवाले गर्लफ्रेन्डले चुरोटको पकेट फ्याकि दिएको भन्दै चार घण्टा सम्म बेहोस् हुने गरी कुटपीट गरेको खबर सार्वजनिक भएको छ । मेकअप आर्टिस्ट को रुपमा काम गरीरहेकी वेल्सी नामकी ती युवतीलाई उनका प्रेमी जेम्सले निरन्तर कुटपिट र लुछेर मरणासन्न बनाएका थिए ।
गत मंगलबारको दिन घुम्न गएका बेला जेम्सले पकेटमा चुरोट राखेका थिए ।दुवै जना घुमेर घर फर्किए पछि चुरोट पिउन खोज्दा कोट नै बाटोमा छुटेको थाहा भयो । यसै विषयमा झगडा परे पछि जेम्सले पीट्न थालेका थिए । शुरुमा निक्कै कुटे पछि बेडमा लडाए त्यस पछि पनि निरन्तर भुत्ल्याउने र लुछ्ने काम गरे भन्दै वेल्सीले पुलिस रिपोर्टमा भनेकी छन् । वेल्सीलाई अस्पतालमा भर्ना गरिएको र जेम्सलाई प्रहरीले हिरासतमा राखेको छ । यी त सामान्य उदाहरण हुन् सकारात्मक सोच ,पृष्टभूमि र व्यवहार नहेर्दा सम्म पुरुषसग‘ प्रेममा परीहाल्दा यस्ता हिंशाको शिकार हुने खतरा बढ्ढै गएको छ । ख्याल गरौं ब्वाईफ्रेन्ड धनी, ह्याण्डसम होईन कि शालिन सभ्य र ईमान्दार खोजौं , जोसग‘ भविष्य सहकार्यमा वितोस् ।

