चालु आर्थिक बर्षमा व्यापार घाटा उच्च

चालु आर्थिक बर्षमा व्यापार घाटा उच्च

  • शुक्रबार, कार्तिक ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं ,५ कार्तिक ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो २ महिनामा व्यापार घाटा उच्च भएको जनाएको छ ।

आज प्रतिवेदन सार्वजनिक गर्दै बैंकले दुई महिनामै १ खर्ब ३५ अर्ब ८४ करोड रुपैयाँ व्यापार घाटा भएको देखाएको छ । यो अघिल्लो बर्षको सोही अबधि भन्दा ४८ दशमलब १ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा वस्तु निर्यात ७ दशमलब ७ प्रतिशतले वृद्धि भएपनि आयात निकै उच्च भएकाले व्यापार घाटा पनि बढेको हो । २ महिनामा ७ दशमलब ९ प्रतिशतले मुल्यवृद्धि भएको छ ।

यस्तै खाद्य तथा पेय पदार्थको ७ दशमलब ७ प्रतिशत र अखाद्य वस्तुको ८ दशमलब १ प्रतिशत मुल्यवृद्धि भएको छ ।

बैदेशिक रोजगारीको रकम कूल रेमिट्यान्स चालु आर्थिक वर्षको २ महिनामा ६ दशमलब ६ प्रतिशतले वृद्धि भई १ खर्ब १४ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ ।

राजश्व संकलन ५१ दशमलब ६ प्रतिशतले बढेको छ । दुई महिनामा ८० अर्ब ४७ करोड रुपैयाँ उठेको प्रतिवेदनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी