सरकारले ललितपूरको इमाडोलमा ग्यास उत्खनन् परीक्षण गर्दै

सरकारले ललितपूरको इमाडोलमा ग्यास उत्खनन् परीक्षण गर्दै

  • शुक्रबार, कार्तिक ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौ ५ कार्तिक ।
सरकारले आज ललितपूरको इमाडोलमा ग्यास उत्खानन् परीक्षण गर्ने भएको छ । उद्योगमन्त्री नविन्द्रराज जोशी सहितको सरकारी टोली ग्यास उत्खनन् सम्बन्धी परिक्षणका लागि दिउँसो २ बजेपछि त्यसतर्फ जाने तयारी छ ।

उक्त स्थानमा ग्यास खानीको सम्भावना रहेको भन्दै लामो समयदेखि चर्चा चलेपनि ठोस प्रक्रिया भने अघि बढ्न सकेको थिएन ।

इमाडोलमा रहेको भनिएको ग्यास उत्खनन्को सम्भावना र त्यसलाई प्रयोग गर्न सकिने आधारबारे टोलीले आज परिक्षण गर्ने मन्त्री जोशीले बताउनु भयो ।

एमाले नेतृत्वको अघिल्लो सरकारको पालामा नै इमाडोलमा रहेको भनिएको ग्यास उत्खनन्को कुरा उठेपनि प्रक्रिया भने अहिले मात्र सुरु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी