भारतको दवावका बीच चीन पाकिस्तानको पक्षमा उभियो

भारतको दवावका बीच चीन पाकिस्तानको पक्षमा उभियो

  • सोमवार, कार्तिक १, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

कार्तिक १ एजेन्सी । भारतले विभिन्न अन्तरीट्रय समुदायलाई पाकिस्तान विरुद्ध खडा गर्ने प्रयासका बाबजुद चीनले पाकिस्तान सबै मौसमको साझेदार भएको भन्दै समर्थन व्यक्त गरेको छ । भारतको आग्रहको वेवास्था गर्दै ब्रिक्स सम्मेलन गोवामा सकिएको भोलीपल्टै चीनले यस्तो प्रतिकृया दिएको हो ।

चीनीया विदेश मन्त्रालयका प्रवक्ता हु चुन्याङले चीन आतंकबादको विरुद्धमा रहेको र पाकिस्तानले आतंकबाद विरुद्ध बलिदान दिईरहेको भन्दै दुनियाले यसलाई मान्नु पर्ने बताउनु भयो ।उहाले पाकिस्तान र भारत दुबै मुलुक आतंकबादबाट पीडित रहेको भन्दै दुवै देशले शान्तिपूर्ण रुपले मिलेर समस्याको समाधान गर्नु फाईदा हुने बताउनु भयो ।

अक्टोबर १६ र १७ मा भएको ब्रिक्स तथा बिमिस्टेक शिखर बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तान आतंकवादको जननी भएको तर्क गर्नु भएको थियो ।भारतले एनएसजीमा सामेल हुने र आतंकवाद विरुद्ध भन्दै पाकिस्तानलाई एक्ल्याउन आग्रह गरे पनि चीन आफ्नो अडानमा यथावत रहेको छ ।

चीनले भारतको यो प्रस्तावमा सहमति नजनाए पछि अहिले भारतमा चीनीया उत्पादन विक्री वितरण बन्द गराउन विभिन्न प्रयास जारी रहेको छ । योग गुरु रामदेव वावा समेच अहिले आफूले उद्योग खोले पछि चीनीया सामानको बिरुद्ध बक्तव्यवाजीमा उत्रिन थाल्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी