वाणिज्य बैंकहरूले आजबाट बढाए कर्जाको ब्याज

वाणिज्य बैंकहरूले आजबाट बढाए कर्जाको ब्याज

  • सोमवार, कार्तिक १, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ ,१ कात्तिक ।

वाणिज्य बैंकहरूले आजदेखि लागु हुनेगरि कर्जाको ब्याजदर पनि बढाउन थालेका छन् । दसैंअघि मुद्दती निक्षेपको ब्याज बढाएका बैंकहरुले पुँजीकोष लागत बढेको भन्दै कर्जाको ब्याज पनि बढाउन लागेका हुन् ।

दसैं बिदापछि कार्यालय खुलेकै दिन बैंकहरूले ऋणीलाई फोनमार्फत कर्जाको ब्याज कात्तिक १ देखि बढ्ने जानकारी दिएका छन् ।

बजार माग र आपूर्तिका आधारमा ब्याजदर घटबढ हुनु स्वाभाविक भए पनि एकैपटक सबै बैंकहरूले समान दरमा ब्याजदर बढाउनु अस्वाभाविक भएको उद्योगी व्यवसायीको गुनासो छ ।

उनीहरूका अनुसार अहिले बैंकहरूले अल्पकालीन प्रकृतिका आवधिक कर्जा (टीआर) को ब्याजदर १ देखि २ प्रतिशत सम्मले बढाएका छन् । सोहि बहाना देखाएर केही बैंकहरूले अन्य प्रकृतिका कर्जाको दर पनि सामान्य रूपमा बढाएका छन् ।

एकै दिन ३÷४ वटा बैंकले फोन गरेर कात्तिक १ गतेदेखि ब्याजदर बढ्ने सूचना दिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताउनु भयो ।

ब्याजदरमा घटबढ स्वाभाविक भए पनि सबै बैंकले एकै दिनदेखि समान दरले बढाउनु स्वाभाविक नभएको उहाको गुनासो छ ।

मुद्दती निक्षेप ८ प्रतिशतमाथि भएको अवस्थामा सामान्य रूपमा कर्जादर पनि बढाउन दबाब परेको नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले बताउनु भयो ।

दसैं र चालु आर्थिक वर्षको पहिलो त्रैमास अन्त्य भएकाले ब्याजदर वृद्धिका लागि यो समय उपयुक्त भएको उहाको तर्क छ ।
विगतमा सस्तो दरमा अल्पकालीन कर्जा प्रवाह गरेका बैंकहरूले निक्षेपको लागत बढेपछि अहिले व्यापारिक कर्जाको दर बढाउन थालेको भन्दै उहाले निक्षेपको ब्याज बढेसँगै कर्जाको दर बढ्नु स्वाभाविक भएको बताउनु भयो ।

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (अधिक तरलता) मा कमी आएसँगै निक्षेपको ब्याजदर बढेको छ । गत वर्षको तुलनामा अहिले निक्षेपको ब्याजदर करिब दोब्बरले बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी