नेपालको हवाई क्षेत्र ईयुको कालोसुचीबाट छिट्टै हट्छ : मन्त्री शाही

नेपालको हवाई क्षेत्र ईयुको कालोसुचीबाट छिट्टै हट्छ : मन्त्री शाही

  • आइतवार, अशोज ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाण्डौ ,३० असोज ।

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवन बहादुर शाहीले नेपालको हवाई क्षेत्र युरोपेली युनियन इयूको कालोसुचीबाट छिट्टै हट्ने बताउनु भएको छ ।

शाहीले अन्तर्रा्ष्ट्रिय नागरिक उड्यन संगठन आइकाओले नेपालको उड्यन क्षेत्रमा पछिल्लो समय सुधारका प्रयासहरु भइरहेको भन्दै आगामी मार्चदेखी इयुको कालोसुचीबाट हटाउने गरी नेपाललाई आवश्यक सहयोग गर्न लागेको बताउनुभयो ।

केही दिन अघि क्यानाडामा भएको आइकाओको महासभामा समेत मन्त्री शाहीले नेपालको हवाई क्षेत्रलाई इयुको कालो सूचिबाट हटाउन आग्रह गर्नुभएको थियो ।

ईयूको कालोसूचीबाट हटाउनु अघि नेपालको नागरिक उड्यन क्षेत्रमा थप सुधार गर्न अन्तराष्ट्रिय नागरिक उड्यन संगठनले एक जना विज्ञलाई समेत नेपाल पठाउन लागेको बताईएको छ ।

आइकाओले नेपाल पठाउने बिज्ञको ७५ प्रतिशत खर्च समेत व्यहोर्ने सहमति जनाएको छ । नेपालमा हवाई सुरक्षाका लागी अलवम्बन गर्ने कार्ययोजना बनाएर अन्तर्रा्ष्ट्रिय उड्यन संगठनका बिज्ञले ४ महिनासम्म नेपालको उड्यन क्षेत्रका कमजोरी सुधारका लागी काम गर्ने नागरिक उड्यन प्राधिकरणका अधिकारीहरुले बताएका छन् ।

बिज्ञको प्रतिवेदनमा नेपालको हवाई क्षेत्रको सु्रक्षामा बिश्वस्त भएर कमजोरी सुधार भएको पाईए इयूले कालोसुचीबाट हटाउने बताइसकेको छ ।

आइकाओले गम्भिर सुरक्षा कमजोरी देखाएकै कारण २०७० मंसिर २० गते इयुले नेपालको उड्यन क्षेत्रलाई कालोसुचिमा राखेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी