लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन वृद्धि

लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन वृद्धि

  • शनिबार, अशोज २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

 काठमान्डौ असोज २९ ।
हिमाली पदयात्राका लागि लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ ।

चालु आवको साउनदेखि अहिलेसम्म एक हजार ५०० भन्दा बढी पर्यटक लाङटाङ राष्ट्रिय क्षेत्रभित्र प्रवेश गरेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत केशवराज भेटवालले जानकारी दिनु भयो ।
गत वर्षको सोही अवधिभन्दा आगमन करिब पाँच सयले वृद्धि भएको उहाँले बताउनु भयो । अहिलेसम्म पर्यटक प्रवेश शुल्कबाट ५३ लाख ९० हजार राजस्व प्राप्त भएको छ । असोज, कात्तिक महिना पर्यटकको आगमन हुने मुख्य याम भएकाले दैनिक ५० भन्दा बढी पर्यटकको हिमाली क्षेत्रमा आगमन हुन थालेको निमित्त प्रमुख भेटवालले जानकारी दिनु भयो ।

भूकम्पपछि पुनःनिर्माण अन्तर्गत लाङटाङ तथा गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गमा पर्यटकीय होटेल तथा लजको व्यवस्थापन भइसकेकाले पाहुनालाई खानपिन र बसोबासमा कुनै समस्या नआउने व्यवसायीले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी