ओलीको घोषणा :‘प्रचण्ड सरकारको आयु लामो छैन, चार जना मधेशी नेताले भन्दैमा संविधान संशोधन हुँदैन’

ओलीको घोषणा :‘प्रचण्ड सरकारको आयु लामो छैन, चार जना मधेशी नेताले भन्दैमा संविधान संशोधन हुँदैन’

  • बिहिबार, अशोज २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

मुलुकलाई निकास दिनको लागि र संविधान कार्यान्वयनको लागि तपाईसँग आधार के छ ?

अहिलेपनि हामी संक्रमणकालिन अवस्थामा छौं । यो संक्रमणकालिन अवस्थाको अन्त्य तथा टुग्याँउनको लागि सबै राजनीतिक दलहरुको संयुक्त प्रयास आवश्यक छ । त्यो संयुक्त प्रयास आज पनि आवश्यक छ । तर जहाँबाट त्यो संयुक्त प्रयास विभिन्न साना स्वार्थका कारणले, वैयक्तिक स्वार्थका कारणले वा दलीय स्वार्थका कारणले टुट्यो, त्यही विन्दुबाट फेरि त्यो टुटेको श्रृङ्खलालाई जोड्नुपर्छ ।

यो टुटेको श्रृङ्खला जोड्न के गर्नुपर्ला त ?

हाम्रो ध्यान भनेको संविधान कार्यान्वयन गराउने र अघि बढ्ने हो । जब नेपाली काँग्रेसले प्रमुख दलहरु मिल्नै हुँदैन भन्ने निती, हुन त यो नक्कली नीति हो । तर पनि तय त गर्यो । त्यसले एउटा गलत दिशातिर राजनीतिलाई लग्यो । पहिलो कुरा त, त्यो नीति स्वभाविक रुपमा र सहज रुपमा आएको थिएन् । त्यो अन्यत्रबाट, अरु ढंगले, र अरुको उद्देश्यसँग सम्बन्धित र आफ्नो वैयक्तिक स्वार्थहरुसँग सम्बन्धित भएर त्यो आएको थियो । त्यसले राजनीतिलाई राजनीलिाई गलत दिशामा धकेल्यो । वीचमा धेरै व्यवधानहरु पैदा भैरहे । संविधान जारी भैरहेको अवस्थामा नेपाली काँग्रेसले लिनै नहुनेगरि गलत नीति लियो । नेपाली काँग्रेसभित्र लोकतन्त्रका निम्ति त्याग, तपस्या, बलिदानी गरेका निष्ठा राख्ने साथीहरु, त्यस्ता मान्छेहरु पछाडि परे । र, अरुको हालीमुहाली र बोलवाला चल्ने खालको स्थिति बन्दै गयो । अहिले नेपाली काँग्रेस खासग नेताहरु तथा आम कार्यकर्ताहरु देशले जे चाहन्छ त्यस्तो निर्णय गर्ने अवस्थामा छैन र छैनन् ।

संविधान कार्यान्वयनको लागि काँग्रेसको भूमिकाप्रति यहाँको गुनासो हो ?

म गुनासो किन गरिरहन्छु र काँग्रेससँग ? अहिले संख्यात्मक रुपमा नेपाली काँग्रेस संसदमा पहिलो पार्टीको हैसियतमा छ । तर प्रमुख पार्टीको हैसियत त आजको दिनमा आकारको हैसियतमात्रै रह्यो । नीतिको, विचारको, जिम्मेवारीको, त्यसमा नेपाली काँग्रेसको त्यस्तो हैसियत रहेन् । समस्या त्यो हो ।

पछिल्लो समय यहाँपनि काँग्रेस र माओवादी केन्द्रसँग सम्वादमै हुनुहुन्न अरे ? संविधान कार्यान्वयन गर्ने जिम्मेवारीबाट तपाई किन पन्छिन खोज्नुभएको ?

संविधान कार्यान्वयनको लागि पहल गरेन भन्ने होईन कि मैले त उपर्युक्त पहल गरेको छु । अरुले संविधान कार्यान्वयनलाई विथोलिरहेको अवस्थामा मैले त्यसलाई फेरि ट्याकमा ल्याउन कोशिस गरिरहेको छु । नेपाली काँग्रेसका स्वार्थ र अरु केही कुराहरुले गलत नीति, माओवादी केन्द्रको विल्कुलै सत्ता स्वार्थ (त्यसबाट मात्रै निर्देशित हुने नीति) प्रतिकुल असर पारेको छ । यतिवेला मैले अघि भने, अब यदि राजनीतिलाई ठिक ढंगले लैजाने हो भने धागो जहाँनिर टुटेको थियो, अथवा भन्ने हो भने नेपाली राजनीति एकदम सही बाटोमा अघि बढ्दा टुटेको बाटोलाई फेरि जोड्नुपर्छ ।

उसो भए अब राष्ट्रिय सहमतिको सरकारको लागि पहल गर्नुपर्छ भन्ने तपाईको भनाई हो ?

राम्रो कुरा राष्ट्रिय सहमतिको हुनुपर्छ । जब अरुको नीति नै त्यस्ता छन् भने…..मेरो नीतिको कुरा हो त्यो, मेरो पार्टीको नीतिको कुरा हो त्यो । तर राष्ट्रिय सहमति एउटा यस्तो खालको विषय कि राजनीतिमा यो झुक्याउने खालको विषयको रुपमा उल्लेख हुने तर गर्न नगर्ने । प्रधानमन्त्रीले सरकार परिवर्तनको सन्दर्भमा, उहाँले भन्नुभयो,‘राष्ट्रिय सहमतिको लागि’ भनेर, उहाँ सहमति भत्काएर देशलाई द्धन्द्धतर्फ धकेल्दै हुनुहुन्थ्यो । देशलाई द्धन्द्धतर्फ धकेल्दा उहाँलाई के हुन्थ्यो भने केही महिना उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसपछि अरु चालहरु उहाँका मनमा हुन सक्लान्, त्यो पनि बेग्लै कुरा हो । तर केही महिनाको प्रधानमन्त्रीको लागि उहाँले देशले लिएको बाटो, जतिवेला तराईको समस्या टुँग्गिएको थियो । भारतसँग पनि कुनै समस्या थिएन् ।

तर प्रचण्डले तपाईको नेतृत्वमा सरकार रहँदा भारतसँग समस्या रहेको आरोप लगाएका थिए नि ?

यी कुराहरु त तपाईहरुले उहाँ(प्रचण्डजी)लाई सोध्नु नै राम्रो हुन्छ । के विग्रियो थियो र कहाँनिर बिग्रिएको थियो भनेर । उहाँले दुत पठाएर के सपार्नुभयो र आफू भारत गएर के सपार्नुभयो ? हुन त २५ बुँदे सपारेको हो कि ?

साभार : रिपोर्टस नेपाल डट कम

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी