एसटीसीले ग्यास उत्पादन बढायो , दशैमा ५० हजार स्टक

एसटीसीले ग्यास उत्पादन बढायो , दशैमा ५० हजार स्टक

  • शुक्रबार, अशोज २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाण्डौ ,२१ असोज ।
साल्ट ट्रेडिङ कर्पोरेसन(एसटीसी)ले चाडपर्वको समयमा हुन सक्ने अभावलाई मध्यनजर गर्दै दसैंका लागि ५० हजार सिलिन्डर एलपी ग्यास स्टक राखेको छ ।

चाडपर्वको अवसरमा ग्यासको माग बढी हुने गरेकोले आपतकालीन अवस्थाका लागि ५० हजार सिलिन्डर स्टक राखिएको एसटीसी ग्यासका महाप्रबन्धक महेन्द्र भूसालले जानकारी दिनुभयो ।
कर्पोरेशनको जडिबुटी स्टोरबाट हाल दैनिक २५ सय सिलिन्डर ग्यास वितरण भइरहको छ ।

नाकाबन्दीका कारण आपूर्ति असहज बनेपछि गतवर्षको दशैंमा मुस्किलका ग्यास वितरण गरेको कर्पोरेसनले यसबर्षदेखि दैनिक उत्पादन समेत बढाएको भूसालले बताउनु भयो ।

यसअघि दैनिक २५ सय सिलिन्डर उत्पादन क्षमता रहेकोमा केही अघिदेखि दैनिक ५ हजार सिलिन्डर उत्पादन गर्न थालेको उहाले बताउनु भयो ।

गतबर्षको अभावलाई ख्याल गरेर सरकारले कर्पोरेसनलाई ४ सय ६७ टनबाट १ हजार ८ टन मासिक कोटा बृद्धि गर्न अनुमति दिएपछि उत्पादन बढाएको हो ।

कर्पोरेसनले आफ्नो उत्पादनको रुपमा नुन, चिनी, तेलसँगै एसटिसी ग्यास उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

दसैंलाई नै केन्द्रमा राखी कर्पोरेशनमार्फत बिक्री वितरण हुँदै आएको सामाग्रीमा खुद्रा व्यापारीलाई समेत प्रतिकेजी १ रुपियाँ पचास पैसा घटाएर उपलब्ध गराउँदै आएको भुषालले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी