सांगितिक सागरमा डुब्याे टाेक्याे डम्फु साँझ (बिस्तृतमा )

सांगितिक सागरमा डुब्याे टाेक्याे डम्फु साँझ (बिस्तृतमा )

  • बिहिबार, अशोज २०, २०७३
  •  फुर्बा शेर्पा,टाेक्याे

  • 18.3K
    SHARES

 तामाङ समुदायको आफ्नो कला,धर्म,पहिचान,संस्कार र संस्कृतिको संरक्षण र सम्वर्दन गर्ने उद्देश्यले नेपाल तामाङ समाज,जापानले आयोजना गरिएको डम्फु साँझ २०१६ भब्य रुपमा सम्पन्न भएको छ |
  जापानको टोकियो स्थित नमस्ते गीत गजल रेस्टुरेन्ट सिनोओकोबुमा अक्टोबर २ अर्थात हिजो आयोजना गरिएको डम्फु सॉझ २०१६ तामाङ समाज जापानको सस्थापक अध्यक्ष रेख़ ब्लोनको प्रमुख आथितित्व र समाजका अध्यक्ष कर्मा लामाको सभापतित्वमा सम्पन्न भएको हाे ।
जापानमैं भएका स्थानीय कलाकारहरूको बिशेष प्रस्तुति रहेको उक्त कार्यक्रम बेलुकी ५ बजेबाट ११ बजेसम्म संचालन भएको थियो । कार्यक्रममा विभिन्न जातिय संघ संस्थाका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो | तामाङ समाज जापानले हरेक बर्ष डम्फु साँझ को अयोजना गर्दै अाइरहेको छ |
डम्फु साँझ २०१६ यसैको निरन्तरता हो | तामाङ समुदायमा डम्फु को छुट्टै ईतिहास बोकेको छ तामाङ समुदायको हरेक शुभ कार्यमा डम्फु बजाएर सुरुवात गर्ने अनि नाच्ने समेत् गरिन्छ् | अझ भन्नु पर्दा तामाङ हरु हरेक सास्कृतिक कार्यक्रममा डम्फु बजाएर रमाइलो गर्ने गरिन्छ |
डम्फु साँझ २०१६ लाई जापानमा रहेका बिभिन्ननेपाली अनलाइन पत्रिका र अनलाइन रेडियो ले समेत् प्रत्यक्ष प्रसारण गरेको थियो |सो कार्यक्रममा जापानमा रहेका तामाङ लगायत सम्पुर्ण जापानवासी नेपालीहरुको उल्लेखनिय सहभागिता रहेको समाजका सदस्य चासिला वाइवाले जानकारी दिनु भएकाे छ ।
damphu-2
  डम्फु र डम्फु नाँच
तामाङ समुदायमा डम्फुको आफ़्नै कथा रहेको बिस्वास छ ।
तम्बाको भनाई अनुसार कुनै समय पेंग दोर्जे नामको एक व्यक्ति जो शिकारी थिए, ऊ जंगल गएर जनावरहरू मार्नेकाम गर्थ्यो । सदा झै शिकार खेल्न जंगल गए र मृग मारेर घर ल्याए ।
यसरी मारेर ल्याएको मृग देखेपछि शिकारी अर्थात पेंग दोर्जेको पत्नी धेरै दुखी भईन किनकी मृग सार्है सुन्दर थिईन ।
त्यस दिन देखि उनी रोएको रोयै भएपछि पेंग दोर्जेले आफ्नो श्रीमती लाई ख़ुशी पार्न धेरै उपाय हरू रचे एक दिन जंगलमा गएर ४ फ़ीट लामों अम्बू सिंङ( डम्फु बनाउदा प्रयोग गर्ने एक किसिमको बिशेष काठ ) भन्ने काठ लिएर आए त्यसपछि उसले त्यो काठलाई ४ चौडा भएको गोलो चक्र बनाए उसले बॉंसको ३२ वटा इन्चको चौडा भएको गोलो चक्र बनाए ।
damphu-3
 उसले बाँसको ३२ वटा स-साना लठ्ठी पनि बनाए ।  त्यसपछि उसले ३२ वटा स-साना बाँसको लठ्ठीको मद्दतले गोलो चक्रको एकातर्फ मृगको सुकेको छाला टांगे. गोलो चक्रले सुमधुर आवाज सृष्टि गरे – “तक-धिन”। उसले त्यस भर्खरै आविष्कार गरेको साधनको तालसंग आफ्नो पुर्खाहरु र देवताहरूक सम्झेर गाउनथाले। सुन्दरताका साथ सृष्टि गरिएको माधुर्य लय सुनेपछि सबै प्राणीहरू नाच्न थाले र आफ्नो पत्नी पनि नाच्न थाले। त्यसै बीच डाँफे नाम गरेको चरा पनि नाच्दै थिए।
त्यसैले पेंग दोर्जेले उक्त चक्रलाई डम्फू भनेर नामकरण गरे। त्यसपछि डम्फू तामाङ जातिहरुको संस्कृति र जीवन शैलीको एक अभिन्न अंग बने। तामाङ जातिहरु विभिन्न विवाह समारोह, अन्त्येष्टि समारोह, विशेष अवसरहरूमा, संस्कार र चाडहरूमा डम्फू प्रयोग गर्छन ।
 तामाङ जातिहरु डम्फूको साथमा आफ्नो सुख-दूख ब्यक्त गर्छन् ,पुर्खाहरु सम्झेर गीतको माध्यमबाट आफ्नो इतिहास सुनाउछन् ।
 डम्फू बुद्ध र बोधिसव्त्वको प्रतीक पनि हो। ३२ वटा लठ्ठीले बुद्धको ३२ वटा प्रतिक झलकॉउछ ।
तामाङ जातिका मानिसहरुले नाच्ने प्रमुख नाच डम्फु नाच हो । याे नाचको साथमा एक प्रकारको बाजा (मृगकाे छालाले मोडेर गोलो पारी बनाईएको) डम्फूबजाउंदै नाचिन्छ ।
यो विवाह उत्सव आदिमा नाचिन्छ । एकमात्र बाजा डम्फूको तालमा नाचिने हुँदा यसलाई डम्फू नाच भनिएको हो । यस नाचमा २ जना देखी ८/१० जनासम्म पनि नाच्न सकिन्छ । प्रदर्शन र समारोह अनि बिभिन्न सामाजिक साँस्कृतिक कामहरुमा मा साधारण प्रयोग हुने डम्फु काेइराला काठले निर्माण गरिएकाे हुन्छ ,गाेलाकार परिधिमा ३२वटा किलाहरु हुन्छन् ।
यसको भागहरु ले बुद्ध धर्मकाे संकेत गर्दछ । तामाङ जातिका कलाकारहरुले गाउने गीत संगीतहरुमा डम्फु बाजाकाे प्रयाेग गर्ने गरेकाे पाइन्छ ।तामाङ जातिहरुले डम्फु बजाएर गीत गाउने ब्यक्तिलाई तम्बा भन्ने गरिन्छ ।
तामाङ जाति बारे
तामाङ नेपाल आदिवासी जनजाति भित्र पर्ने एक जात हाे ।तिनीहरू आफ्नै विशिष्ट संस्कृति, भाषा र धर्म छ। आफ्नो पैतृक भूमिलाई ताम्सालिङकाे रूपमा चिनिन्छ। ताम्सालिङ पूर्व मा दुधकाेशी,पश्चिमी बुढीगण्डगी देखि र दक्षिण मा चुरे वा शिवलिक पहाडहरु र उत्तरमा हिमालय क्षेत्रहरु पर्दछ ।
तामाङ नेपाल बौद्ध पालना गर्ने सबै भन्दा ठूलो जनसंख्या हो। पछिल्लाे जनगणना अनुसार कुल जनसंख्या करिब ४५ लाख रहेकाे छ ।नेपालका 92% तामाङहरुले आफ्नै मातृभाषा बाेल्दै आइरहेकाे पाइन्छ । मुख्यतया धादिङ, रसुवा, मकवानपुर, नुवाकोट, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दाेलखा,सिन्धुली र रामेछाप जिल्लामा मुख्य रुपमा बसाेबास गर्दै आएकाे पाइन्छ ।(सहकर्मी चसिला तामाङ को सहयोगमा)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी