दशैका लागी आजबाट नयाँ नोट बितरण

दशैका लागी आजबाट नयाँ नोट बितरण

  • आइतवार, अशोज १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं ,१६ असोज ।
दशैलाई लक्षित गरी नेपाल राष्ट्र बैंंकले आजबाट सर्बसाधारणलाई नयाँ नोट बितरण सुरु गरेको छ ।

राष्ट्र बैकको केन्द्रिय कार्यालय सहित मातहतका ७ क्षेत्रीय कार्यालयका साथै अन्य बैंकबाट समेत नयाँ नोट साट्न सक्ने राष्ट्र बैकले जनाएको छ ।

बैंकले यसपटक एक ब्यक्तिलाई अधिकतम ३७ हजार रुपैयाँसम्म साट्न पाउने ब्यबस्था गरेको छ ।

राष्ट्र बैकले सय, पचाँस, बिस, दश र पाँच रुपैयाँका दुई दुई बन्डल नोट गरी अधिकतम ३७ हजारको सेट बितरण गर्ने जनाएको छ ।

नयाँ नोट लिनका लागि बिभिन्न बैकमा बिहानैबाट सर्बसाधारण लाईनमा बसेका छन् । राष्ट्रबैकले अन्य बैकलाई भने गत आईतबार नै नयाँ नोट बितरण गरेको थियो ।
यसबर्ष राष्ट्रबैकले ८ अर्ब रुपैयाँको नोट बजारमा ल्याएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी