अनमोल सहकारीको सातौ वार्षिकोत्सव सम्पन्न

अनमोल सहकारीको सातौ वार्षिकोत्सव सम्पन्न

  • शनिबार, अशोज १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

भक्तपुर, १५ असोज । सूर्यविनायकमा रहेको अनमोल बचत तथा ऋण सहकारी संस्थाको सातौ वाषिक साधारणसभा सम्पन्न भएको छ । शनिबार भएको साधारणसभाको सांसद रामेश्वर ढुंगेलले उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि मन्तब्य राख्दै सांसद ढुंगेलले सहकारीको माध्यमबाट जनताको आयस्तर उकास्न अनमोल सहकारी सफल हुँदै गएकोमा धन्यवाद दिनुभयो । उहाँले संस्थाले हरेक वर्ष प्रगति गर्दै गएको बताउँदै दसैको समयमा शेयर लाभांश वितरण गरेर दसै मनाउन ठूलो राहत मिल्ने बताउनुभयो । उहाँले सहकारी सदस्य शिक्षाको खाँचो औल्याउँदै सहकारीको माध्यमबाट मुलुको आर्थिक स्पान्तरण सभ्भव हुने भएकाले सबै लागिपर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पूव प्रेस काउन्सिलका अध्यक्ष एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेत, रफत सञ्चार क्लवका अध्यक्ष सुशिलबन्धु थापा, पत्रका महासंघ भक्तपुरका अध्यक्ष अमर भुजुलगायतले मन्तब्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष बच्चुराम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थका सचिव राजु श्रेष्ठ, कोषाध्यक्ष तुलसाथापा राईको प्रतिवेदन प्रस्तुत गरेकोमा सभाबाट सर्वसम्मत रुपमा प्रतिवेदन पारित गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी