संसदले चालू आर्थिक बर्षको पुर्ण बजेट पारित गर्‍यो

संसदले चालू आर्थिक बर्षको पुर्ण बजेट पारित गर्‍यो

  • शुक्रबार, अशोज १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं ,१४ असाेज ।

ब्यावस्थापिक संसदले चालू आर्थिक वर्षको बजेटसँग सम्वन्धित विभिन्न तीन वटा विधेयक बहुमतले पारित गरेको छ ।

आर्थिक बर्ष सुरु भएको साढे २ महिनापछि हिजो सरकारले संसदमा प्रस्तुत गरेको विधेयक समान्य छलफल पछि संसदले आज पारित गरेको हो ।

हिजोको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले पेस गरेको बजेट आश्रित आर्थिक विधेयक, ऋण तथा जमानत विधेयक र राष्ट्र ऋण उठाउने विधेयक दफावार छलफलपछि आज पारित भएको हो । ती विधेयकमाथि गत साउन पहिलो साता समेत संसदमा छलफल भएको थियो ।

विधेयकमाथिको छलफलका क्रममा एमाले सांसदहरुले गत साउन ७ गते संसदको बहुमतले अस्विकृत गरेका विधेयक बर्तमान सरकारले जस्ताको तस्तै ल्याउनुको कारण प्रष्ट पार्न सरकारसँग माग गरेका थिए ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएका तीन वटै विधेयक सत्तागठबन्धनमा आएको परिवर्तनसँगै गत साउन ७ गतेको बहुमतले अस्वीकृत भएका थिए ।

संसदबाट ती विधेयक पारित भएसँगै अब चालू आर्थिक वर्षको पूर्ण बजेट पारित भएको छ । विनियोजन विधेयक भने संसदले आर्थिक बर्ष सुरु हुनु पूर्व नै पारित गरेको थियो ।

यस्तै आजको बैठकमा सहकारी तथा गरिबी निवारणमन्त्री ह्दयराम थानीले पेस गर्नुभएको सहकारी विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी