सितल थोपा सिँचाई प्रविधि उद्योगद्धारा तालिम सम्पन्न

सितल थोपा सिँचाई प्रविधि उद्योगद्धारा तालिम सम्पन्न

निजी क्षेत्रबाट कृषिमा लघु सिँचाई प्रविधि, कृषि प्रसार तथा बजारीकरण तालिमको सुरुवात 

  • बिहिबार, अशोज ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाण्डौ , ६ असोज ।
सितल थोपा सिँचाई प्रविधि उद्योगले USAID/Winrock International किसान परीयोजनाको साझदारीमा डडेलधुरा, सुर्खेत र अर्घाखाँचीमा आफ्ना क्षेत्रीय सुपरीवेक्षक, बिक्रेता र सामुदायिक अभिकर्ताहरुलाई लक्षित गरी २÷२ दिने लघु सिँचाई प्रविधि, कृषि प्रसार तथा बजारीकरण तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

तालिम कृषि उत्पादनलाई बजारमा कसरी पठाउने, कृषिमा आधुनिक प्रणाली अन्तर्गत लघु सिँचाई प्रविधि प्रयोग गरेर कृषिलाई के फाइदा हुन्छ ?, कृषि उत्पादनमा गुणस्तर कसरी बढाउने ?, कृषि बालीहरुमा लाग्ने रोग र किराहरु निराकरण कसरी गर्न सकिन्छ ?,
मौसमी तथा बेमौसमी कृषि उपजहरु लगाँउदा के–के कुरामा ध्यान दिनुपर्छ ?, भन्ने बिषयमा साना तथा मध्यम वर्गीय कृषकहरुको लागि लक्षित गर्नका लागि यो तालिम संचालन गरीएको थियो ।
14454684_1039982742782647_1100257594_n

सो कार्यक्रममा सितल थोपा सिँचाई प्रविधि उद्योगले आफ्ना बिक्रेताहरुलाई सम्मान पनि गरेको थियो । जस अन्तर्गत अछाम जिल्लाबाट थापा एग्रोभेटका प्रमुख श्री पदम बहादुर थापा, बाँके जिल्लाबाट बिक्रेता मोर्डन एग्रो टेक्नोलोजिका प्रमुख चेतन आचार्य र गुल्मी जिल्लाबाट पन्थ एग्रोभेट सेन्टरका प्रमुख श्री कृष्ण प्रसाद पन्थ ताम्रपत्र र नगद सहित सम्मान भएका थिए ।

कार्यक्रममा यस कार्यक्रमका संयोजक तथा सितल थोपा प्रविधिका प्रविधि व्यवस्थापक राजन गैरेले यो कार्यक्रमले नेपालका बढी भन्दा बढी कृषकहरुलाई उन्नत कृषि उत्पादन एवं उत्पादकत्वको लागि प्रवेश विन्दुको रुपमा लघु सिँचाईमा पँहुच विस्तार गर्ने कुरामा जोड दिए ।

14459125_1039982789449309_960418532_n

यस तालिम कार्यक्रम कृषिमा लामो समयसम्म लागिरहेका बाह्य प्रशिक्षकहरु दामोदर पोख्रल, बलराम सापकोटा, सुरेश कुमार थापा लगायतका प्रशिक्षकबाट प्रशिक्षण गराइएको थियो ।

14458942_sitasital1039982772782644_1820282181_nयस कार्यक्रम सितल थोपा सिंचाई प्रविधि उद्योगका प्रविधि व्यवस्थापक तथा यस कार्यक्रमका संयोजक राजन गैरेका सभापतित्वमा सम्पन्न भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी