गलत विवरण पेश गरि अनुदान लिनेलाई कार्वाहि हुने

गलत विवरण पेश गरि अनुदान लिनेलाई कार्वाहि हुने

  • बुधबार, अशोज ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, असोज ५ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झुटा विवरण पेस गरी पुनःनिर्माण अनुदान लिनेलाई कानुनअनुसार कारबाही गरिने जनाएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले ‘गलत विवरण पेस गरी, झुक्याइ वा अन्य कुनै कारणले अनुदान प्राप्त गर्ने सूचीमा नाम परेका तर अनुदान प्राप्त गर्ने मापदन्डमा नपरेका व्यक्तिले पनि अनुदान सम्झौता गरी पेस गरेको विवरण गलत प्रमाण्ति भए कारबाही गरिने बताउनु भयो ।
भूकम्पपीडित जनतालाई घर पुनःनिर्माणका लागि सरकारले उपलब्ध गराउने अनुदान रकम वितरणका क्रममा मापदन्डमा नपरेका व्यक्तिले पनि अनुदान लिएको सुचना प्राप्त भएपछि सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराइएको उहाले बताउनु भयो ।

सम्झौताबमोजिम अनुदान रकम सदुपयोग गर्न, घर बनाउने काममामात्र उपयोग गर्न र घर बनाउने समयमामात्रै बैंकबाट रकम भुक्तानी लिन पनि प्राधिकरणले सेवाग्राहीमा आह्वान गरेको छ ।

भूकम्पबाट अतिप्रभावित ११ जिल्लामा पीडितसँग अनुदान सम्झौता भइ घर पुनःनिर्माणका लागि सरकारले उपलब्ध गराउने पहिलो किस्ता रु ५० हजार बैंकबाट वितरण गर्नेक्रम जारी छ ।

सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा र नुवाकोट गरी ११ जिल्लामा चार लाख ५० हजार ३२ घरधनीसँग अनुदान सम्झौता भएको प्राधिकरणले जनाएको छ ।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा सूची संकलन अन्तिम चरणमा पुगेको केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी