हिमालयन एयरलाइन्सले असोज १५बाट कोलोम्बो उडान गर्दै

हिमालयन एयरलाइन्सले असोज १५बाट कोलोम्बो उडान गर्दै

  • मङ्लबार, अशोज ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ , ४ असोज ।
हिमालयन एयरलाइन्सले असोज १५ गतेबाट हप्ताको तीन दिन काठमाडौं श्रीलंका हवाइ रुटमा सीधा उडान भर्ने भएको छ ।

राजधानीमा पत्रकार सम्मेलन गरि एयरलाईन्सले नयाँ एयरबसमार्फत सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार कोलम्बोमा उडान भर्ने जानकारी दिएको हो ।

तीनै दिन विमान साढे ११ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट उड्ने अपरान्ह सवा ३ बजे कोलम्बोमा अवतरण हुने विमान पुन अपरान्ह सवा ४ मा कोलम्बोबाट उडेर बेलकुी सवा ८ मा नेपाल आइपुग्ने छ ।

कम्पनिले काठमाडौ कोलम्बो रुटमा इकोनोमिकमा एक तर्फी भाडा २९ हजार १ सय ९१ रुपैयाँ र दुई तफी ५० हजार ४३ रुपैयाँ तोकेको एयरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले जानकारी दिनुभयो ।

बिजनेश क्लासको टिकट दर एक तर्फी ३९ हजार ३ सय १९ र दुई तर्फी ८२ हजार २ सय ८१ रुपैयाँ तोकिएको छ ।

यसैगरी कोलम्बो काठमाडौं उडानको भाडादर इकोनोमिकमा एक तर्फी २९ हजार ३ सय ३५ रुपैयाँ र दुई तर्फी ५१ हजार ३ सय ५३ रुपैयाँ छ । बजिनेतर्फभने एक तर्फी ४७ हजार ३ सय ७० र दुई तर्फी ८० हजार ८ रुपैयाँ तोकिएको श्रेष्ठले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी