विदेशी लगानीकर्ताको मागअनुसार नेपालमा संरचना बन्यो : प्रधानमन्त्री

विदेशी लगानीकर्ताको मागअनुसार नेपालमा संरचना बन्यो : प्रधानमन्त्री

  • शनिबार, अशोज १, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ ,१ असोज ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति सम्झौताका प्राकृतिक साझेदारसँग एकतासहित बनेको सरकारले नेपालमा लगानीका वातावरण उपयुक्त बन्दै गएको बताउनु भएको छ ।

नेपालमा लगानी गरेका भारतीय उद्योगी एवम् व्यापारी समुदायले आज बिहान दिल्लीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लगानीको वातावरण बन्दै गएकाले विदेशी लगानीकर्ताको मागअनुसार नेपालमा सबै संरचना तयार भएको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले सरकारले लगानी एवम् राजनीतिक स्थायित्वका लागि स्पष्ट नीति लिएको उल्लेख गर्दै सम्भावनाका नयाँ अध्याय सुरु भएकाले विश्वस्त हुन उद्योगी व्यापारीलाई आग्रह गर्नुभयो ।

उहाँले कृषिमा आधारित क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि नेपाल सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ ।

अर्को प्रशंगमा प्रधानमन्त्री दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादीको तत्कालीन लडाकु शिविरमा भएको अनियमितताको छानबिनबारे आफूलाई जानकारी नभएको बताउनुभएको छ ।

सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री दाहालले अख्तियारकोे कदमबारे आफु अनभिज्ञ रहेको बताउनुभएको हो ।
अख्तियारले हिजो साझ आकस्मिक पत्रकार सम्मेलन गरी लडाकु शिविरका कमान्डर र माओवादीका तत्कालीन जिम्मेवार नेताहरूलाई ३० दिनभित्र आफ्नो भनाइ राख्न सूचना जारी गरेको थियो ।

यसैबीच प्रधानमन्त्री दाहाल आज जलविद्युत परियोजनाको अवलोकनका लागि केहीबेरपछि हिमांचल प्रदेश जाँदै हुनुहुन्छ । त्यहाँ उहाँले जलविद्युत लगानीकर्ताहरुसँग अनौपचारिक छलफल गर्ने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै प्रधानमन्त्री दाहालले आज साँझ भारतीय गृहमन्त्री राजनाथ सिंहसाग भेवार्ता गर्ने कार्यक्रम रहेको छ । उहाँहरुबीच साँझ ६ बजे दिल्लीमा भेट हुने कार्यक्रम तय भएको छ ।

चार दिने भारतको राजकिय भ्रमणका लागि जानु भएका दाहालले हिजो भारतीय राष्ट्रपति प्रणव मुखर्जी, समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री सुष्म स्वाराज लगायतका उच्च अधिकारीहरुसँग भेट गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी