पूर्व विशिष्टलाई जथाभावी उपचार खर्च नबाड्ने

पूर्व विशिष्टलाई जथाभावी उपचार खर्च नबाड्ने

  • बुधबार, भदौ २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ, २९ भदौ।

व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिले पूर्व विशिष्ट पदाधिकारीलाई स्वास्थ्य उपचार खर्च जथाभावी नबाड्ने सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले विशिष्ट व्यक्तिहरु मध्ये उपचार गर्न नसक्ने भनी सार्वजनिक गरेकालाई एक द्वार प्रणालीबाट मात्र उपचार खर्च उपलब्ध गराउन निर्देशन दिएको हो ।

विभिन्न मन्त्रालयले आफू खुशी उपचार खर्च दिदै आएकोमा अबदेखि स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयको रायमा मन्त्रिपरिषद्बाट निर्णय गराउन पनि समितिले निर्देशन दिएको छ । समिति सदस्यहरुले सबै सांसदहरुलाई सरकारी अस्पतालमै उपचार गराउन आग्रह समेत गरेका छन् ।

यस्तै, समितिका सदस्यहरुले विशिष्ट व्यक्तिहरुलाई दोहोरो उपचार खर्च नलिन भन्दै विपन्न नागरिक औपधि उपचार निर्दे्शिका २०७१ ले तोके अनुरुप मात्रै उपचार खर्च लिन आग्रह गरेका छन् ।

विधेयकमा पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति पूर्व प्रधानमन्त्रीलाई बढीमा १५ लाख रुपैयाँ र पूर्व सभामुख , पूर्व प्रधानन्यायाधीशलाई बढीमा १० लाख रुपैयँ“ दिन सकिने प्रावधान रहेको समिति सभापति प्रकाश ज्वालाले बताउनुभयो ।

यस्तै, समितिले चालु आर्थिक वर्षमा ३ जिल्लाहरु कैलाली, बाग्लुङ र इलामा नमूनाका रूपमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमलाई राष्ट्रिय स्वरूप दिन भनेको छ ।

नमूनाको रुपमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम यो आर्थिक वर्षमा २५ जिल्लामा विस्तार गर्ने भनी सरकारले बजेटबाटै २ अर्ब ५० करोड रुपैयाँ समेत विनियोजन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी