काठमाडौं, भदौ २२ ।
आज बुधबार सुन तोलामा ६ सयले बढेको छ । अन्तर्रा्ष्ट्रिय बजार पछ्याउँदै आज नेपाली बजारमा पनि सुनको भाउ तोलामा ६ सयले बढेर ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
मंगलबार तोलाको ५८ हजार ५ सयमा कारोबार भएकोमा आज तोलाको ५९ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर ८ सय ९० रुपैयाँ तोकेको महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावले स्थानीय भाउमा प्रभाव पार्ने गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline