काठमाण्डौ ।
हिन्दु महिलाहरुको महत्वपूर्ण पर्व हरितालिका तीज धुमधामका साथ मनाएका छन् ।यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ।
तीजको अघिल्लाने दिन मध्यरातमा दर खाएर भोलिपलट निराहार व्रत बसि तीज पर्व मान्ने गर्दछन् ।
छोरी चेलीलाई माईतमा बोलाएर दर खुवाउने चलन छ । दरमा खीर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाँउ अनुसार विभिन्न मिठा मिठा परिकार खाने गरिन्छ।भोलीपल्ट पानी पनि नखाई निराहार व्रत बसेर नाच गान गर्ने गर्दछन् ।
तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमी लाई पनि तीज पर्वकै रूपमा मनाइन्छ ।
तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी ब्रत बस्छन।
ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने चलन रहेको छ।
भिडियो हेर्नुस् ।