बैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन प्रमको निर्देशन

बैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन प्रमको निर्देशन

  • मङ्लबार, भदौ १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

भाद्र १४, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड‘ले बैदेशिक रोजगारीलाई व्यवस्थित, मर्या्दित र सुरक्षित बनाउने गरी कार्ययोजना तय गर्न सम्वन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
सिंहदरवारमा आज परराष्ट्र र श्रम मन्त्रालयका प्रतिनिधिसँगको छलफलपछि प्रधानमन्त्री दाहालले बैदेशिक रोजगारीमा जाने नेपाली कामदारको समस्या समाधानका लागि परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयलाई मिलेर काम गर्न निर्देशन दिनुभएको हो ।

बैदेशिक रोजगारीमा गएका नेपालीहरुका समस्याका साथै यसलाई व्यवस्थित बनाउनेवारे परराष्ट्र र श्रम मन्त्रालयका प्रतिनिधिले प्रधानमन्त्रीलाई बिफ्रिङ गरेका थिए ।

उनीहरुको बिफिङ सुनेपछि उहाले बैदेशिक रोजगारीलाई मर्यादित , सुरक्षित र व्यवस्थित बनाउने बिषयमा परराष्ट्र र श्रम मन्त्रालय मिलेर योजना र कार्यक्रम ल्याउन निर्देशन दिदै सरकारले सोहि योजना अनुसार नीति, कानून बनाउने, त्यसलाई कार्यान्वयन गर्ने र व्यवस्थित नियमन गर्ने कार्य अघि बढाउने बताउनु भयो ।

बिदेशमा पुगेर समस्यामा रहेका नेपालीलाई आवश्यक सहयोग गर्न पनि आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीले नेपाली नागरिकलाई देशभित्रै सम्मानजनक श्रम गर्ने र उचित पारिश्रमिक पाउने अवस्था सिर्जना गराउन हाम्रो ध्यान जानुपर्नेमा पनि जोड दिनुभयो ।

यस्तै बैठकमा बैदेशिक रोजगारीमा गएका नेपाली कामदारका समस्या, कारण, उद्धार संयन्त्र, प्रकृया र नीतिगत समस्याहरुका बारेमा बिस्तृत छलफल भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी