काठमान्डौ भदौ १४ ।
राजधानीको भृकुटी मण्डपमा आजदेखि सवारी साधनहरुको कुम्भ मेला नाडा अटो शो सुृरु हुदैछ ।
गाडीको खरिद विक्रीको कुम्भ मेलाका रुपमा रहेको अटो शोमा विभिन्न ३६ वटा ब्राण्डका सवारी साधन रहने आयोजकले जनाएको छ ।
१६ वटा ब्राण्डका चार पाङ्ग्रे, १५ वटा ब्राण्डका दुई पाङ्ग्रे र ५ वटा ब्राण्डका कमर्सियल सवारी साधन शोमा राखिने छन् । मेलामा झण्डै ५० हजार अवलोकनर्ता आउने र २ सय करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
कुल ७४ वटा कम्पनी तथा संस्थाका स्टल रहने मेलामा सो कम्पनीहरुले आफ्ना पुरानासहित नयाँ मोडलका सवारीहरु राख्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline