काठमान्डौ,भाद्र १०।
नेपाल आयल निगमले कठामाडौंको थानकोटको मट्टितेल डिपोमा पेट्रोल भण्डारण गर्ने भएको छ ।
मट्टितेलको माग घट्दै गएको र पेट्रोलको माग वढ्दै गएपछि निगमले मट्टितेल भण्डारण गर्ने डिपो विस्थापन गर्ने तयारी गरेको हो ।
पहिलो चरणमा थानकोटस्थित डिपोमा पेट्टोल भण्डारण गर्ने तयारी भईरहेकोले यसका लागि सम्झौता प्रक्रिया अगाडि बढी सकेको आयल निगमका नायवकार्यकारी निर्देशक नागेन्द्र शाहले जानकारी दिनुभयो ।
पेट्रोलियम भण्डारण क्षमता विस्तार गर्ने तयारी गरेसंगै निगमले विराटनर र अमलेखगञ्जस्थित मट्टितेलको डिपो पनि विस्थापन गर्ने तयारी गरेको छ । काठमाडौं उपत्यकामा मात्रै पेट्रोल दैनिक साढे ४ लाख र डिजेल ५ लाख लिटर हाराहारीमा माग छ ।
पेट्रोलियम भण्डारणको क्षमता वढाउन निगमले काभ्रेको पाँचखाल र तनहुको खैरेनीटारमा समेत डिपो निर्माण गर्ने तयारी गरेको छ । यसका लागि सरकाले चालु आर्थिक वर्षका वजेट समेत विनियोजन गरिसकेको छ ।