नेपाल वायु सेवा निगमले आजदेखि काठमाडौं–दुबई उडान सुरु गर्ने

नेपाल वायु सेवा निगमले आजदेखि काठमाडौं–दुबई उडान सुरु गर्ने

  • बिहिबार, भदौ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ, २ भदौ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले आजदेखि काठमाडौं–दुबई उडान पुनः सुरु गर्ने भएको छ ।

चार वर्षअघिसम्म नेपाल वायु सेवा निगमले काठमाडौं–दुबई उडान गर्ने गरेको थियो । तर त्यस यता जहाजको अभावमा निगमले उडान रोकेको थियो ।

काठमाडौं–दुबई उडानका लागि सबै तयारी पूरा भएको निगमका कर्पोरेट निर्देशक रामहरि शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार १ सय ५८ सिट क्षमताको ए–३२० एयरबसबाट हुने पहिलो दुबई उडानका लागि बुकिङ पूरा भइसकेको छ ।

काठमाडौंबाट आइतबार, मङ्गलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ ।

काठमाडौँ–दुबई उडानको सुरुको प्रवद्र्धनात्मक भाडा दर राउन्ड ट्रिपको ३२ हजार रुपैयाँ तोकेको प्रवक्ता शर्माले बताउनुभयो ।

संयुक्त अरब इमिरेट्सको दुबईमा नेपाली कामदारको संख्या अत्याधिक रहेकाले पनि सम्भावना बोकेको गन्तव्य हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी