नेपालकै पहिलो बि.जी. टि बार संचालनमा ल्याएका छौँ : समिक्षा बास्कोटा

नेपालकै पहिलो बि.जी. टि बार संचालनमा ल्याएका छौँ : समिक्षा बास्कोटा

  • मङ्लबार, साउन ३२, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

करिब १५० बर्ष पहिला कर्णेल गजराज सिंह थापाले चीनबाट उपहार स्वरूप प्राप्त चियाको बीउ इलामको चिया बगानमा रोपेपछि नेपालमा चिया खेतीको प्रारम्भ भएको पाइन्छ । त्यसको एक शताब्दीसम्म यहाँ चियाको विकास र विस्तार नभए पनि यही समयमा भारत सुरु भएको मानिन्छ ।

सन् १८६२ मा आरम्भ भए पनि चिया खेती सन् १९६० बाट मात्र नेपालमा विस्तार भयो । त्यस यता झापामा निजीस्तरमा चिया खेती भएको पाइन्छ । अनि मात्र इलामको फिक्कलमा व्यावसायिकरूपमा चिया खेती गरिएको हो । नेपाली चिया अन्तराष्ट्रिय बजारमा लोकप्रिय बनेको छ । सस्तो र गुणस्तरीय दुवै भएका कारण विदेशी बजारमा नेपालमा उत्पादित चियाको माग बढेको छ । पूर्वी नेपालका इलाम र पाँचथर जिल्ला अर्गा्निक चिया उत्पादन क्षेत्रका रूपमा चिनिन थालेपछि यहाँको चियाले अन्तराष्ट्रिय बजारमा सजिलै प्रतिस्पर्धा गरेको छ । भारतीय चियाको तुलनामा सस्तो हुने भएकोले नेपालको चिया भारत जाने र भारतबाट तेस्रो मुलुक निर्यात हुने गरेको छ । नेपालमा उत्पादित चिया भारतमा उत्पादित चियाभन्दा सस्तो रहेकाले व्यापारीले नेपालको चिया खरिद गरेर भारतीय ब्रान्डमा बेच्ने गरेको भारतीय व्यापारीले समेत स्वीकार गरेका छन् । बिगत ३० बर्षदेखि नेपालमा चियाको उत्पादन गरीरहेको कन्चन्जंगा टि इस्टेट प्रा.लि. नेपालको पहिलो अर्गानिक सर्टिफाइड चिया पनि हो ।

यस कन्चन्जंगा टि इस्टेट प्रा.लि.को आधिकारी बिक्रेता बास्कोटा ग्रुप अफ इन्डट्रिज प्रा.लि द्धारा नेपाली बजारमा ग्रिन टि, ब्ल्याक टि तथा अन्य स्पेसल चियाहरु बजारमा ल्याएरहेको छ । यो कम्पनीले ललितपुरको झम्सिखेलमा नेपालकै पहिलो टि बार , बि.जी. टि बार समेत संचालनमा ल्याएको छ । नेपाली बजारमा ब्ल्याक टि तथा ग्रिन टी को अवस्था कस्तो छ र प्रयोगकर्ताको प्रतिक्रिया के कस्तो छ भनि हामीले बास्कोटा ग्रुप अफ इन्डट्रिजका संचालक तथा प्रबन्ध निर्देशक समिक्षा बास्कोटासँग केहि जानकारी लिने प्रयास गरेका छौँ , प्रस्तुत छ सोहि कुराकानी :- 

नेपालमा अर्गानिक चियाको अवस्था कस्तो छ ?
नेपालमा हालको अवस्थामा अर्गानिक चियाको माग राम्रो नै छ । विश्व बजारनै अर्गानिक मय भइरहेको अवस्था यहाँका लोकल ग्रहाकहरुपनि अर्गानिक चिया प्रति बढी आर्कषित हुन थालेका छन् । त्यसमा पनि स्वास्थका हिसावले ग्रीन टी को बजारमा राम्रै माग छ ।

खासमा बि.जी. टि बार भन्या चाँहि के हो ?

बास्कोटा ग्रुपको छोटकरी बाट बि. जी टी बारको नामाकरण गरियो । साधारण अर्थमा बि.जी. टि बार भनेको यस्तो बार हो जहाँ रक्सी होइन चिया पाइन्छ । बारको सजावटमा बसेर चियाको चुस्की लिनको मज्जा नै अर्को हुन्छ । बि. जी टी बार खोल्नको मुख्य उद्धेश्य नयाँ चिया पसलको अवधारण भित्राउने, यसलाई यस्तो थलो बनाउने जहाँ फरक –फरक किसिमका चिया चाख्न र हेर्न पाईने तथा हामी नेपालीको चिया खाने बानीलाई सुधार गर्दै नेपालमा चिया कल्चरको विस्तार गर्ने रहेको छ ।

बि.जी. टि बारमा आउने हरेक ग्राहकलाई थोरै भएता पनि चियाको बारेमा जानकारी बनाउने उद्धेश्यले बि.जी. टि बार संचालनमा ल्याएका छौं । आशा छ हाम्रो सानो प्रयासलाई तपाईहरुले माया गरिदिनु हुनेछ ।

आगामी दिनको योजना के छ त तपाँइहरुको ?

भोलिका दिनमा निरन्तर यही चिया खेती तथा व्यवसाय अघि बढाउने योजना छ । चिया आँफै एउटा कला हो, यसलाई आधार मानेर नयाँ नयाँ टेस्ट र फलेवरको चिया बनाउने, आजको एउटा बि.जी. टि बारलाई देशका अरु ठाँउमा पनि लाग्ने, टी टुरुजमका लागि काम गर्ने तथा स्वदेशी अन्य उत्पादनलाई बिस्तार गरी जनमानसमा स्वदेशी उत्पादन प्रतिको मायालाई बढाउने साथै बुबा दिपक प्रकाश बास्कोटाले (कन्चन्जंगा टि इस्टेट प्रा.लि, अध्यक्ष ) ३० वर्ष अघि पाँचथर जिल्लालाई एउटा मोडल जिल्ला बनाउन भनि लिएको संकल्पका लागि सक्दो प्रयास गर्ने ।

बास्कोटा ग्रुप अफ इन्डट्रिजले अरु के–के गरीरहेको छ ?

कन्चन्जंगा टि इस्टेट प्रा.लि संग सहकार्य गरी पाँचथरमा कार्यरत कामदारहरुको बालबच्चाको लागि स्कलरसिप प्रोजेक्ट संचालनमा छ, उक्त प्रोजेक्टमा यस वर्ष ११६ जना विद्यार्थी भाई बहिनीहरु ह्ुनुहन्छ । त्यस्तै गरेर अन्य सामाजिक कार्य पनि हात बढाई रहेका छाँै । साथै नेपालमा उत्पादित कुनै उत्पादन जसले राम्रो बजार पाउन सकिरहेको छैन त्यस्तो उत्पादन कर्तासँग सहकार्य गरि उहाँको उत्पादन बजारसम्म ल्याउने काममा पनि लागि रहेका छौं ।

अन्त्यमा केहि भन्नुहुन्छ कि ?

हामीले विदेशी चिज वा वस्तुलाई छिटो माया गर्दछौ । कन्चन्जंगा टि इस्टेट प्रा.लि. को चिया विदेशमा निर्यात भईरहेको छ तर हामी यस्तो गुणस्तरीय वस्तु पहिला स्वदेशी ग्राहक माझ लानुपर्छ भनेर सर्वसुलभ मुल्यमा बजारमा ल्याएका छौं । एक पल्ट प्रयोग गरेर हेरौँ तथा नेपालमा उत्पादित चिया वा अन्य कुनै वस्तु बजारमा पाइन्छ भने पहिलो रोजाइमा नेपाली वस्तुलाई राखोैं ।

आफ्नो स्वदेशी उत्पादनमा विश्वास ग¥यौ, स्वदेशी उत्पादन प्रोत्साहन गर्दे लार्गौं । यो मेरा वा कसैको प्रयासले हुदैन हामी सबै एकबद्ध भएर लागौं । स्वदेशी उत्पादक तथा उत्पादनलाई प्रोत्साहन गर्दै देश विकासमा लागौँ । कृषि क्षेत्रलाई माया गरौ यसले नै देशलाई संवृद्धि गराउछ भन्ने कुराको मनन गरौँ भन्न चाहन्छु ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी