च्याउ खानामा जती स्वादिष्ट छ, पौष्टिक तवरले पनि झनै राम्रो मानिन्छ : आचार्य

च्याउ खानामा जती स्वादिष्ट छ, पौष्टिक तवरले पनि झनै राम्रो मानिन्छ : आचार्य

  • मङ्लबार, साउन ३२, २०७३
  • मिर्मिरे अनलाइन

  • 25.7K
    SHARES

खाँदा स्वादिलो, भेज नन्भेज सबैले खाने पोषिलो औषधीजन्य बढ्दै गएको वजार र मनग्य आम्दानीवाट स्वरोजगारी समेत सिर्जना हुने यस च्याउको खेती ग्रामीण क्षेत्रमा विस्तार गर्न सक्दा ग्रामीण कृषकहरुको आय स्तरमा वृद्धि भई जीवनस्तर सुधार अवश्य भएको मान्न सकिन्छ ।

नेपाल भित्रको बजारलाई मात्र नभई विश्व वजारमा नै नेपाली च्याउ खेतीले प्रवेश पाउन गुणस्तरिय च्याउ उत्पादन प्रशोधन र विक्री वितरण व्यवस्थालाई सुदृढ गर्न सकेमा रोजगारीका अवसरहरु बढाउदै विदेशी मुद्रा समेत आर्जन गरी नेपालको कृषि अर्थतन्त्रलाई थप मजबुत पार्न सकिन्छ भन्ने चुनदेवि च्याउ उद्योग बलम्बुका संचालक नवराज आचार्य व्यवसायिक च्याउ खेतीवाट स्वरोजगार सृजना समेत गर्न सकिन्छ भन्छन् ।

बिगत २५ बर्षदेखि नै च्याउको उत्पादन गरी बिक्रि गरीरहेका आचार्यलाई हामीले च्याउको सम्भावना र चुनौतीको सेरोफेरोमा केहि जानकारी लिने प्रयास गरेका छौँ, प्रस्तुत छ सोहि कुराकानी :-

च्याउलाई यहाँले कसरी लिनुहुन्छ ?

च्याउलाई खानेकुरा र औषधीको रुपमा धेरै पहिले देखि नै प्रयोग गर्दै आइएको भएता पनि, नेपालमा च्याउ खेती व्यवसायिक रुपमा भने हालसालै सुरु भएको मान्न सकिन्छ । च्याउ खानामा जती स्वादिष्ट हुन्छ र यो पौष्टिक तवरले पनि निकै लाभदायक मान्न सकिन्छ ।

यसलाई धेरै तरिकाले पकाउन तथा परीकार बनाउन सकिन्छ । च्याउ पोषण तत्वका हिसाबले पनि राम्रो मानिन्छ किनकी यसमा बोसो र सोडियमको मात्रा कम हुन्छ र कोलेस्ट्रोलको मात्रा पनि अत्यन्त कम हुन्छ । च्याउ फाइबर, प्रोटिन, भिटामिन सी र अन्य भिटामिन तथा खनिज पदार्थको लागि राम्रो स्रोत हो ।

कसरी गर्ने त च्याउ खेती ?

पहाडी क्षेत्रका गाउँघरमा समेत सहजरुपमा गर्न सकिन्छ च्याउखेती । तर, यसबारे व्यवहारिक ज्ञान भने लिनैपर्छ । यो थोरै जग्गामा गर्न सकिने खेती भए पनि विशेष स्याहारको आवश्यकता पनि पर्छ । तर, अन्य खेतीजस्तो धेरै दुःख भने गर्नुपर्दैन । यो खेतीमा सामान्य आय भएका परिवारले पनि लगानी गर्न सक्छन् । यसबाट प्रतिफल लिन पनि खासै समय लाग्दैन । त्यसैले सीप सिकेर अठोटका साथ काम गर्दा सफलता निश्चित नै छ । नेपालमा खेती गर्न सकिने च्याउ विभिन्न प्रकारका छन् ।

विशेषज्ञ तथा जानकार व्यक्तिहरुको सल्लाह लिएर आफ्नो ठाउँको वातावरण र उपलब्ध साधनमा आधारित भएर फरक–फरक किसिमका च्याउ खेती गर्न सकिन्छ । नेपालमा अहिले कन्ये च्याउ, गोब्रे च्याउ, सिताके च्याउ र रातो च्याउको खेती भइरहेको छ । तुलनात्मक रुपमा कन्ये च्याउ अन्यभन्दा सस्तोमा बिक्छ भने अन्य च्याउहरु निकै महंगो हुन्छन् ।

रातो च्याउको विदेशमा समेत माग छ । काठको ठूटा र मुढामा खेती हुने सिताके च्याउको मूल्य पनि कम्ति छैन । च्याउ खेतिका लागि गाउँघरमा सहजै उपलब्ध हुने पराल, केराको पात लगायत सामग्री नै मुख्य हुन् । यसबाहेक टहरा बनाउन खर, बाँस लगायत पनि चाहिन्छ । यि साधन गाउँ घरमा सहज रुपमा पाइने भएकाले यसका लागि ठूलो संघर्ष गर्नु पर्दैन । बजारमा च्याउका बिउ सहजै किन्न पाइन्छ ।

उपभोक्ताको प्रतिक्रिया के –कस्तो छ त आजको समयमा ?

हालको च्याउको प्रयोगकर्ताहरु दिन प्रतिदिन बढीरहेको पाइन्छ । हामीले सुरु गर्दाको समयमा च्याउ खाने मान्छे खोज्नुपर्ने थियो तर हाल त्यो अवस्था छैन् । पौष्टिक तवरले समेत च्याउ निकै राम्रो मानिने हुनाले पनि यसको प्रयोग गर्ने उपभोक्ताहरु बढ्दै छन् र राम्रो प्रतिक्रिया पनि आइरहेको छ ।
सम्भावना त भयो च्याउ व्यवसायको, समस्या र चुनौती के–के छन् त ?
पुरानो प्रविधिको प्रयोग, बजार व्यवस्थापन सहज नहुनु, बिचौलियाको बिगबिगी, छिटो बिग्रने समस्या, बिक्रि गर्दा राम्रो मुल्य नपाँउने, व्यवसायिक रुपमा गर्दा जग्गाको अभाव, आवश्यक बिउ तथा औषधीहरु गुणस्तरीय नहुनु, कच्चा पदार्थको मुल्य बढ्नु जस्ता समस्याहरु यो व्यवसायमा बेला बेला आइरहन्छन् ।

अन्त्यमा केहि भन्नुहुन्छ कि ?

फाइदा हुने रहेछ भनेर ध्यान नदिई वा कुरो नबुझी च्याउ खेती गर्नु हुँदैन । कुन प्रजातिको च्याउ लगाउने हो त्यसबारे राम्रो जानकारी लिनु आवश्यक छ । किनकि प्रजातिअनुसार च्याउ लगाउने तरिका, चाहिने तापक्रम, व्यापारको सिजन र बजार मूल्य फरक–फरक छ । त्यस्तै, कच्चा पदार्थ पनि बेग्लै हुन्छ । यो व्यवसाय पनि आत्मनिर्भरताको लागि एउटा बलियो माध्यम हुन सक्छ भन्न चाहन्छु ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी