हवाई दुर्घटनाबारे छानविन गर्न समिति गठन

हवाई दुर्घटनाबारे छानविन गर्न समिति गठन

  • शुक्रबार, साउन २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, साउन २८ ।

व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिले हवाइ दुर्घटनामा बृद्धि भएको बिषयमा छानविन गर्न उपसमिति गठन गरेको छ ।

समितिले आज पर्यटन सचिव प्रेमकुमार राई र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजिव गौतमसँगको छलफलपछि दुर्घटना हुनुमा नीतिगत कमजोरी रहेरनरहेको बारेमा अध्ययन गरी सुझाव दिन ५ सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिमा अमरबहादुर थापा, ध्यानगोविन्द रञ्जित, हर्कबोल राई, दिलनाथ गिरी र नगेन्द्र कुमाल सदस्य छन् ।

समितिको बैठकमा पर्यटन सचिव प्रेमकुमार राईले दुर्घटना रोक्नका लागि पाइलटहरुलाई निगरानीमा राख्न आवश्यक रहेको बताउनु भएके छ ।

सचिव राईले मानवीय त्रुटिका कारण हवाई दुर्घटना दोहोरिने गरेको पनि धारणा राख्नुभयो ।

हवाई उडानका क्षेत्रमा खासगरी अपनाउनुपर्ने नियम तथा नयाँ प्रविधिको प्रयोगमा विशेष ध्यान र्पुयाइएको बताउँदै उहाले कतिपय अवस्थामा जहाज र चालक ठीक भएपनि डाँडामा ठोक्किएर दुर्घटना हुने गरेको बताउनु भयो ।

मन्त्रालयका सहसचिव सुरेश आचार्यले हवाई क्षेत्रको नियमन र दुर्घटनासम्बन्धी हेर्ने बेग्ले संयन्त्रको खाँचो रहेको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी